काठमाण्डौ । नेरुडे मिर्मिरे लघुवित्त वित्तिय संस्था लिमिटेडको सुनसरी प्रकाशपुर शाखा कार्यालयले मृत्यु दाबी भुक्तानी गरेको छ । संस्थाले संस्थाकी सदस्य चितरनी लिम्बूको मृत्यु पश्चात कर्जाको म्यादी जीवन बीमा बापत छोरी सपना लिम्बुलाई बीमाङ्क तथा क्रिया खर्च रकम रु. ५ लाख ७१ हजार ८८ रूपैंया भुक्तानी गरेको हो ।
शाखा कार्यालय प्रकाशपुर केन्द्र न. ६० राजाबास मिर्मिरे महिला समुहमा आवद्ध निज सदस्यको परिवारलाइ सुर्य ज्योती लाईफ इन्स्योरेन्स कम्पनीसँग बीमा सहकार्य गरेकोमा उक्त रकम बराह क्षेत्र नगरपालिका वडा न ९ का वडा अध्यक्ष निरन्जन मण्डल चन्द्रवंशीले चेक मार्फत हस्तान्तरण गरेको संस्थाले जनाएको छ।
बीमा रकम हस्तान्तरण कार्यक्रममा प्रकाशपुर शाखा कार्यालय प्रमुख चन्द्रप्रकाश शाह, चक्रघटी शाखा प्रमुख रन्जित कुमार चौधरी,शाखाका कर्मचारीहरु सुस्मिता कुमारी भगत , सिमा साह तथा केन्द्र न ६० का सदस्यहरु तथा स्थानीयहरु र वडा सदस्यचतुर लाल चौधरी,भरत चन्द्रवंशीको समेत उपस्थिति रहेको थियो ।
दाबी भुक्तानी लिने क्रममा सपना लिम्बुले बीमा र नेरूडे मिर्मिरे लघुवित्तलाइ धन्यवाद दिंदै यस्ता किसिमका सुबिधाले संस्था तथा सदस्यको परिवारलाई आर्थिक भार नहुने बताइन् ।

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                