बुधबार, श्रावण ६,२०८३ 07:22:49
Bizshala
  • बुधबार, श्रावण ६,२०८३ 07:22:49
Bizshala
Global IME Bank Limited

न्यारोबडी जहाज खरिद प्रक्रियाका बारेमा १५ दिनभित्र जवाफ पेश गर्न निर्देशन

न्यारोबडी जहाज खरिद प्रक्रियाका बारेमा १५ दिनभित्र जवाफ पेश गर्न निर्देशन
New Office

काठमाण्डौ । प्रतिनिधिसभाको अन्तराष्ट्रिय समितिले नेपाल वायुसेवा निगमलाई न्यारोबडी जहाज खरिद प्रक्रियाका बारेमा १५ दिनभित्र जवाफ पेश गर्न निर्देशन दिएको छ । प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले निगमलाई यस्तो निर्देशन दिएको हो ।

सोमबार बसेको बैठकमा समितिका सभापति राजकिशोर यादवले न्यारोबडी जहाज खरिद प्रक्रियामा भ्रष्टाचार नभएको समितिलाई विश्वास हुनेगरी स्पष्ट जवाफ पेश गर्न निर्देशन दिएका हुन् ।  

बैठकमा यादवले न्यारोबडी जहाजका विषयमा उपसमिति बनाएर छानबिन गरिने बताउँदै जहाज खरिद सम्झौताको बेलामा भएका सबै प्रक्रियाको बारेमा जानकारी समेत पेस गर्न आग्रह गरे ।  

यसका साथै उनले जहाज खरिद गरिसकेपछि बनाइएको व्यवसायकि योजना पनि पेश गर्न निगमलाई निर्देशन दिएका छन् । 

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.