Nabil Bank Limited
Nabil Bank Limited
Bizshala

नेप्से परिसूचकमा झिनो गिरावट,‘नीतिगत सुधार नहुँदा बढ्न सकिरहेको छैन बजार’

Global IME Bank Limited
नेप्से परिसूचकमा झिनो गिरावट,‘नीतिगत सुधार नहुँदा बढ्न सकिरहेको छैन बजार’
Nabil Bank Limited

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा झिनो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ०.०९ प्रतिशत अर्थात १.८५ अंकले घटेर २०१०.२१ विन्दुमा सीमित भएको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स भने ०.१५ प्रतिशतले बढेर ३५६.२० विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१२ वटा कम्पनीको ६१ लाख ३१ हजार ६२१ कित्ता सेयर २ अर्ब २९ करोड १६ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

आजको बजारबारे अर्थशास्त्री सूर्यनारायण पौडेल भन्छन्, ‘नयाँ अर्थमन्त्री आएपनि बजारको सुधारका लागि केहि पनि भएको छैन । नीतिमा सुधार नहुँदा लगानीकर्ता कर्जाको लिमिट बनाएर पर्ख र हेरको अवस्थामा बसेका छन् । त्यसैले बजारले २ हजारमा सपोर्ट लिनसक्छ । यहाँबाट तल गएमा भने बजार १९६० सम्म पनि  आउनसक्ने देखिन्छ ।’

यद्यपी लगानीकर्ता गुड न्यूजको प्रतिक्षामा रहेको उनी बताउँछन् ।  

नेपाल इन्भेष्टर फोरमका उपाध्यक्ष राजन लम्सालको विचारमा पनि सरकारले गर्न सक्ने काम पनि नगर्दा बजार बढ्न नसकेको हो । ‘अहिले बजार घट्नुमा चैत मसान्तको प्रभाव पनि हो । यो साताबाट यसको दबाब सकिएपछि आगामी साताबाट बजार सम्हालिने छ ।’

बजारले लय लिनलाई भने नीतिमै परिवर्तन हुनुपर्ने लम्सालको धारणा छ ।      

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ६ वटा समूहमा हरियाली छायो भने ७ वटा समूहमा भने रातो पोतियो । आज लघुवित्त समूह सबैभन्दा धेरै अर्थात १.८९ प्रतिशतले बढ्यो । यो दिन वित्त समूह ०.०३, लगानी ०.०४,जीवन बीमा ०.१९ र म्युचुअल फण्ड ०.३० प्रतिशतले बढ्यो ।  

बैंकिङ समूह ०.१८ प्रतिशतले घटेको आज विकास बैंक ०.१६, होटल ०.५७, हाईड्रो ०.७९,उत्पादन तथा प्रशोधन ०.३३,निर्जीवन बीमा ०.१७ र अन्य समूह ०.५७ प्रतिशतले घट्यो ।  

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन गोर्खाज फाइनान्सको सर्वाधिक सेयर कारोबार भएको छ । गोर्खाज फाइनान्सको आज १४ करोड ९६ लाख बढीको सेयर कारोबार भएको छ । सर्वोत्तम सिमेन्टको ९ करोड ५७ लाख,तारागाँउ रिजेन्सीको ७ करोड ४७ लाख र सूर्यज्योति लाइफको ५ करोड ५४ लाख बढीको सेयर कारोबार भएको छ ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज गुँरास लघुवित्त र गणपति लघुवित्तको सेयरमूल्यमा सकारात्मक सर्किट लाग्यो । यी कम्पनीहरुको सेयरमूल्य क्रमशः१० र ९.९५ प्रतिशतले बढ्यो ।  

यस्तै आज उपकार लघुवित्तको सेयरमूल्य ८.६४ प्रतिशत,विन नेपाल लघुवित्तको ६.९४ र स्वाभिमान लघुवित्तको सेयरमूल्य ६.५० प्रतिशतले बढ्यो ।  

आज मनकामना इन्जिनियरिङ हाईड्रोको सेयरमूल्य सर्वाधिक अर्थात ५.२८ प्रतिशतले घट्यो ।  


Nepal Investment Mega Bank Limited
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
IME remit

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.