Nabil Bank Limited
Nabil Bank Limited
Bizshala

अब नेप्सेमा देख्न पाइनेछ बुल, यस्तो छ तयारी

Global IME Bank Limited
अब नेप्सेमा देख्न पाइनेछ बुल, यस्तो छ तयारी
Nabil Bank Limited

काठमाण्डौं । नेपालका लगानीकर्ताहरुले लामो समय पूँजी बजारमा बुल नदेखे पनि अब नेप्सेको प्राँगणमा भने छिटै बुल देख्न सक्ने भएका छन् । नेप्सेले आफ्नो प्रांगणमा बुलको प्रतिमा राख्ने तयारी गरेको छ । बुल निर्माणको काम ललितपुरको पाटनमा धमाधम भईरहेको छ नेप्से प्रवक्ता मुराहरि पराजुलीले बताएका छन् ।  

उक्त प्रतिमा नेपाली कालीगढको समूहले निर्माण गरिरहेको छ । ‘नेप्सेको प्रांगणमा यहि आर्थिक वर्षभित्र राख्ने गरी बुल निर्माणको काम भईरहेको छ । अब छिट्टै नै नेप्सेमा बुलको आगमन हुनेछ ।’ प्रवक्ता मुराहरि पराजुलीले विजशालासँग भने । बुलको निर्माण ढलौटबाट भईरहेको र यसको उचाई ६ फिट र लम्बाई ८ फिट रहने पराजुलीले बताए । बुलको तौल भने ६ टनको हुनेछ ।  

लगानीकर्ताले लामो समय देखि नेप्सेमा बुल राख्नु पर्ने माग राख्दै आएका थिए । विश्वका अन्य सेयर बजारमा पनि सेयर बजारको प्रतिकात्मक रुपमा बुलको प्रतिमाहरु राख्ने प्रचलन रहेकोमा नेपालमा पनि यसको सुरुवात गर्न लागिएको नेप्से प्रवक्ता मुराहरि पराजुलीले बताए । पछिल्लो समय केही ब्रोकर हाउसहरुले पनि आफ्नो ब्रोकर हाउसमा बुलको प्रतिमा राख्न थालेका छन् । नेपाल स्टक हाउस ब्रोकर नम्बर १४ ले आफ्नो नयाँ भवन बने पछि सबैले देख्ने गरि बुलको प्रतिमा राखेको छ ।  

बुललाई बजार बढेको संकेतको रुपमा लिइने गरिन्छ ।  

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

किन र कसरी राखियो वालस्ट्रिटमा बुलको तस्बिर ?

वीकिपिडियाका अनुसार सन् १९८७ मा अमेरिकी सेयर बजार वालस्ट्रिट स्टक मार्केट् क्यास हुँदा यसलाई ब्ल्याक मनडेको नाम दिइएको थियो । त्यस पछि १४ डिसेम्बर १९८९ मा एक इटालियन कलाकारले अवैधानिक रुपमा बुलको प्रतिमा न्यूर्योक स्टक एक्सचेञ्ज अगाडी राखे । जसलाई त्यहाँ स्थित प्रहरी प्रशासनले हटाएको थियो । तर पछि २० डिसेम्बरमा १९८९ मा नै त्यसलाई अस्थाइ रुपमा राख्न त्यहाँको प्रशासनले अनुमति दियो । केही समयमा नै यो पर्यटकका लागि आकर्षण बन्न पुग्यो ।  

त्यस पछि भने यसलाई  हालसम्म पनि न्यूर्योक स्टक एक्सचेञ्जमा राखिएको छ । जसको उचाइ ४.९ मिटर रहेको छ भने ३ हजार २०० किलो ग्राम रहेको छ । पछि तिनै व्यक्तिले जर्मन र फ्रान्समा पनि बुलको प्रतिमा निर्माण गरेका थिए । अमेरिकामा पर्यटकको आकर्षण बढेपछि डी मोडिकालाई ३ लाख ६० हजार अमेरिकी डलर पुरस्कार पनि दिइएको थियो । 

यस्तो बन्दैछ नेप्सेमा राख्ने बुलको प्रतिमा :

 


Nepal Investment Mega Bank Limited
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
IME remit

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.