Nabil Bank Limited
Nabil Bank Limited
Bizshala

राष्ट्रबैंक सकारात्मक भए सिटिजन्स बैंकले ९% लाभांश बाँड्नसक्ने

Global IME Bank Limited
राष्ट्रबैंक सकारात्मक भए सिटिजन्स बैंकले ९% लाभांश बाँड्नसक्ने
Nabil Bank Limited

काठमाण्डौ । राष्ट्रबैंक सकारात्मक र लचिलो बने सिटिजन्स बैंक इन्टरनेशनल लिमीटेडले गत वर्षकै हाराहारीमा लाभांश बाँड्नसक्ने सम्भावना देखिएको छ । 

यो बैंकले गत आर्थिक वर्षको वासलातलाई अन्तिम रुप दिएर राष्ट्रबैंकमा पेश गर्ने तयारीलाई अन्तिम चरणमा पुर्याएको छ । 

राष्ट्रबैंककै निर्देशन र नियामकीय व्यवस्थाहरुको पूर्ण पालना गरी तयार हुँदै गरेको वासलात सम्भवतः अर्को सातासम्म केन्द्रीय बैंकमा पेश हुनेछ । 

बैंक स्रोतका अनुसार यदि केन्द्रीय बैंकका अधिकारी केही लचिलो बनिदिए भने सिटिजन्स बैंकले गत आर्थिक वर्षको नाफा तथा रिजर्भबाट समेत गरी ९ प्रतिशत हाराहारीमा लाभांश बाँड्नसक्छ । 

बैंकको गत वर्षको वितरणयोग्य मुनाफा १ अर्ब ३ करोड हाराहारीमा रहेको छ । त्यसबाहेक २७ करोड ७७ लाख जति रकम क्यापिटल रिडम्पसन रिजर्भको रुपमा रहेको छ । यो भनेको बण्ड रिडम्पसन फण्ड हो, जसलाई बैंकले लाभांशको रुपमा वितरण गर्न पाउँछ । 

बैंकको चुक्तापूँजी १४ अर्ब २० करोड रुपैयाँ रहेको छ । वितरणयोग्य मुनाफा र फण्ड रिडम्पसनको रुपमा रिजर्भमा आएको २७ करोड ७७ लाख रकमलाई जोडेर हेर्ने हो भने यो बैंकको लाभांश क्षमता ९ प्रतिशत हाराहारी हुन आउँछ । 

बैंकले गत वर्ष पनि ९ प्रतिशत नै लाभांश वितरण गरेको थियो । केन्द्रीय बैंक सहज भइदिए यसपटक राम्रै लाभांश बाँड्ने बैंकका अधिकारीहरुको सोंच देखिएको छ । 

यदि बण्ड रिडम्पसनको रकम यसपटक बाँड्न दिइएन भने सिटिजन्स बैंकले ६ प्रतिशत हाराहारीमा मात्र लाभांश घोषणा गर्न सकने देखिन्छ । 

स्रोतका अनुसार ९ प्रतिशतसम्म लाभांश बाँड्न दिएको खण्डमा ७ प्रतिशत बोनस सेयर र २ प्रतिशत नगद हुनसक्छ । यदि लाभांशलाई ६ प्रतिशतमा सीमित गरिदिए सबै नगद मात्रै पनि हुनसक्छ । 

सिटिजन्स बैंक गत वर्ष अघिल्लो आर्थिक वर्षको नाफाबाट लाभांश घोषणा गर्ने पहिलो बैंक बनेको थियो । यसपटक चौथो त्रैमासको वित्तीय विवरण प्रकाशन गर्ने पहिलो बैंक बने पनि लाभांश घोषणामा भने यो बैंक पछाडि परेको हो । 

राष्ट्रबैंकको सुपरीवेक्षण नियमित चलेका कारण र प्रभिजनको नयाँ व्यवस्थाअनुसार धेरै आन्तरिक व्यवस्थापन तथा तयारी गर्नुपर्दा समेत यसपटक लाभांश घोषणामा ढिलाई भएको बैंकका एक उच्च अधिकारीले जानकारी दिए । 

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

Nepal Investment Mega Bank Limited
CG Motors
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
IME remit

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.