शनिबार, बैशाख १३,२०८२ 03:00:29
IME remit
  • शनिबार, बैशाख १३,२०८२ 03:00:29
IME remit
Global IME Bank Limited

यी इन्डोनेसियाली धनाढ्यको सम्पत्ति एकै दिन ७.३२% ले वृद्धि, एलन मस्कले गुमाए सबैभन्दा धेरै

Hyundai Nepal
यी इन्डोनेसियाली धनाढ्यको सम्पत्ति एकै दिन ७.३२% ले वृद्धि, एलन मस्कले गुमाए सबैभन्दा धेरै
Nabil Bank Limited

काठमाण्डौ । विश्व धनाढ्यको सूचीमा इन्डोनेसियाली धनाढ्य प्रजोगो पंगेस्तुको उदय भएको छ । पंगेस्तुको सम्पत्ति एकै दिनमा ७.३२ प्रतिशतले वृद्धि भएको छ । फोर्ब्सको रियल टाइम बिलिनियर्स सूचीअनुसार उनको सम्पत्ति मार्च २ मा २.९ बिलियन डलरले वृद्धि भएर ४१.८ बिलियन डलर पुगेको छ । यससँगै उनी विश्वको धनाढ्यको सूचीमा २९ औं स्थानमा उक्लिएका छन् ।  

यो दिन सबैभन्दा धेरै सम्पत्ति वृद्धि हुनेमा उनी पहिलो स्थानमा रहेका छन् । रबर व्यापारीका छोरा ७९ वर्षिय पंगेस्तुले सन् १९७० को दशकमा व्यवसाय सुरु गरेका थिए । उनको कम्पनी बारिटो प्यासेफिक टिम्बर(पछि बारिटो प्यासेफिकमा परिणत) सन् १९९३ मा सेयर बजारमा सूचीकृत भएको थियो । कम्पनीले सन् २००७ मा  काठको कामबाट बाहिरिएको थियो । पंगेस्तु सन् २०२३ मा इन्डोनेशियाको दोस्रो धनी व्यक्ति बनेका थिए ।  

यो दिन सबैभन्दा धेरै सम्पत्ति वृद्धि हुनेको दोस्रो स्थानमा भने मेटा कम्पनीको मालिक मार्क जुकरबर्ग छन् । उनको सम्पत्ति २.१ बिलियन डलरले  बढेको छ । यससँगै उनको कुल सम्पत्ति १७४.४ बिलियन डलर पुगेको छ ।  

CG Motors
Bizshala
Laxmi Sunrise Bank Limited

तेस्रोमा जोङ सानसान रहेका छन् । एक दिनको अवधिमा उनको सम्पत्ति १.८ बिलियन डलरले बढ्दै ६४.३ बिलियन डलर पुगेको छ । उनी विश्वको धनाढ्यको सूच्रीमा २४ औं स्थानमा छन् ।  

यस्तै भारतीय धनाढ्य गौतम अडाणीको सम्पत्ति पनि ९३८ मिलियन डलरले बढ्दै ८४.७ बिलियन डलर पुगेको छ । उनी विश्वको धनाढ्यको सूचीमा १७ औं स्थानमा यथावत छन् ।  

यो दिन सबैभन्दा धेरै सम्पत्ति गुमाउनेमा एलन मस्क रहेका छन् । उनको सम्पत्ति २.४८ प्रतिशत अर्थात ४.८ अर्ब डलरले घट्दै १९०.२ बिलियन डलरमा सीमित भएको छ । उनी विश्वको धनाढ्यको सूचीमा तेस्रो स्थानमा रहेका छन् ।  

दोस्रो स्थानमा जेफा बेजोस छन् । बेजोसको सम्पत्ति पनि २६३ मिलियन डलरले घट्दै १९८.७ बिलियन डलरमा झरेको छ ।  

विश्वकी सबैभन्दा धनी महिला फ्रान्कोइज बेटेनकोर्टको सम्पत्ति १.६१ प्रतिशत अर्थात १.५ बिलियन डलरले घटेको छ । उनी ९४ बिलियन डलरका साथ विश्वको १५ औं धनी व्यक्तिको रुपमा रहेकि छिन् ।  

यस्तै विश्वका शीर्ष धनाढ्उ बनार्ड अर्नल्टको सम्पत्ति पनि १.३६ प्रतिशत अर्थात ३.१ बिलियन डलरले कम भएको छ । २२२.४ बिलियन डलरका उनी विश्वको शीर्ष धनाढ्यको सूचीमा पहिलो स्थानमा छन् ।  

Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
Global IME Bank Limited
IME remit
Shivam Cement
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.