मंगलवार, श्रावण २६,२०८३ 01:25:00
Bizshala
  • मंगलवार, श्रावण २६,२०८३ 01:25:00
Bizshala
Global IME Bank Limited

राम मन्दिरका लागि दान गर्नेलाई आय करमा छूटको व्यवस्था

Prabhu Bank Limited
राम मन्दिरका लागि दान गर्नेलाई आय करमा छूटको व्यवस्था
New Office

काठमाण्डौ । भारत सरकारले आज प्राण प्रतिष्ठा गरिएको भारतको राम मन्दिरका लागि दान गर्नेहरुलाई आय करमा छूटको व्यवस्था गरेको छ । भारत सरकारको आयकर ऐन १९६१ को सेक्शन ८०जी मार्फत राम मन्दिरको ममर्त र नवीकरणकालागि दिइएको दानको ५० प्रतिशत रकममा कर छूटको सुविधा लिन सकिने जनाइएको छ ।  

आयकर ऐन १९६१ को सेक्शन ८०जी का अनुसार व्यक्तिगत करदाता,कम्पनीहरु र संस्थाहरु जस्ता सबै करदाताहरुले दान गरेबापत कर छूट पाउनेछन् ।  

 

भारतको आयकर विभागको वेवसाइटमा जानकारी उपलब्ध भएका संस्थाहरु वा च्यारिटेबल ट्रस्टमा दान गरेबापत आयकरमा छूटको व्यवस्था रहेको छ ।  

भारतको केन्द्र सरकारले राम मन्दिर ट्रस्टलाई वित्त वर्ष २०२०/२१ बाट सेक्शन ८०जी(बी)(२)को ऐतिहासिक महत्व तथा प्रसिद्ध सार्वजनिक पूजा स्थलका रुवमा सूचीकृत गरेको थियो ।  

यदि कुनै व्यक्तिले राम मन्दिरको मर्मतका लागि १ लाख दान गर्यो भने ५० लाख रुपैयाँका लाष् िकर छूट माग गर्न सक्ने जनाइएको छ । यसका लागि कर भुक्तानी गर्दा दान दिएको बिल पेश गर्नुपर्ने भारतीय  मिडियाले जनाएका छन् ।  

यो दानमा कर छूटका लागि केवल ओल्ड ट्याक्स रिजीम चुन्ने करदाता मात्रै योग्य हुनेछन् । यस्तै दान गरेको रकम व्यक्तिको कुल आयको १० प्रतिशतभन्दा धेरै हुन नहुने व्यवस्था रहेको छ ।          

 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X