Nabil Bank Limited
Nabil Bank Limited
Bizshala

भारतमा कारखाना स्थापना गर्ने तयारीमा टेस्ला, २ देखि ३ अर्ब डलर लगानी गर्ने

Global IME Bank Limited
भारतमा कारखाना स्थापना गर्ने तयारीमा टेस्ला, २ देखि ३ अर्ब डलर लगानी गर्ने
Nabil Bank Limited

काठमाण्डौ । इभी कार निर्माता अमेरिकी कम्पनी टेस्लाले भारतमा कारखाना स्थापना गर्ने भएको छ । एलन मस्कको कम्पनी टेस्लाले यसका लागि भारतमा यो महिना आफ्नो एउटा टीम पठाउने भएको छ । जसले भारतमा २ देखि ३ अर्ब डलरको कारखाना स्थापनाका लागि उपयुक्त ठाउँको पहिचान गर्नेछ ।  

बेलायतको फाइनान्सियल टाइम्सले यसबारे जानकारी दिएको हो । रिपोर्टका अनुसार ईभी कार निर्माण कारखानाका लागि उक्त टीमको ध्यान महाराष्ट्र,गुजरात वा तमिलनाडु जस्ता अटोहब राज्यमा केन्द्रित हुन सक्छ । यी राज्यहरुमा बन्दरगाह पनि नजिक पर्ने भएकाले कारखानाका लागि यी स्थानहरु कम्पनीको रोजाइमा पर्ने सक्ने रिपोर्टमा उल्लेख गरिएको छ ।  

भारतकोृ केन्द्र सरकारले भारतलाई ईभी उत्पादनको हक बनाउनका लागि नयाँ ईभी नीतिलाई स्वीकृती प्रदान गरेसँगै टेस्लाले भारत प्रवेश गर्ने खबर बाहिरिएको हो । नयाँ ईभी नीतिमा कम्तिमा ४ हजार १५० करोड लगानीको प्रावधान राखिएको छ र अधिकतममा कुनै पनि सीमा तोकिएको छैन ।  

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

नीतिका अनुसार विदेशी कार उत्पादन कम्पनीहरुले भारतमा व्यवसाय सुरु गर्नका लागि ३ वर्षभित्र भारतमा आफ्नो उत्पादन र ईभीको वयवसायिक उत्पादन सुरु गर्नुपर्ने हुन्छ ।  

मिडिया रिपोर्टका अनुसार टेस्लाले भारतमा ईभी कारका साथै ब्याट्री स्टोरेज सिस्टम पनि बनाउने र बिक्री गर्ने इच्छा जाहेर गरेको छ । कम्पनीले यसका लागि भारतीय अधिकारीहरु सामु प्रस्ताव पेश गरेका थिए ।  

गत वर्ष टेस्ला कम्पनीका सीईओ एलन मस्कले भारतीय प्रधानमन्त्री एलन मस्कसँग भेटवार्ता गरेका थिए । उक्त भेटका क्रममा मस्कले भारत विश्वको अन्य ठूला देशहरुको तुलनामा अधिक सम्भावना भएको देश भएको बताएका थिर्ए  ।  

टेस्लाले सन् २०२२ मा भारत आउने इच्छा जाहेर गरेको थियो । तर त्यसबेला कम्पनी र भारत सरकारबीच छलफल हुन पाएको थिएन । टेस्लाले भारत सरकारलाई पूर्ण रुपमा एसेम्बल गाडीहरुमाथि लाग्ने गरेको आयात कर १०० प्रतिशतबाट घटाएर ४० प्रतिशत कायम गर्न माग गरेको थियो । कम्पनीले आफुले उत्पादन गर्ने कार लक्जरी कारको श्रेणीमा नपर्ने भएकाले करमा छुटको मा गरेको थियो । कम्पनीले उत्पादन गर्ने कार ईभी श्रेणीमा पर्ने जनाएको थियो ।  

तर भारत सरकारले अन्य देशबाट आयात हुने कुनै ईभी कारमा आयात करमा छुट निदिइने आशय व्यक्त गरेको थियो ।     -एजेन्सी


Nepal Investment Mega Bank Limited
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
IME remit

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.