Nabil Bank Limited
Nabil Bank Limited
Bizshala

वैदेशिक रोजगार बीमा बिक्रीमा गिरावट, यस्तो छ घट्नुको कारण

Global IME Bank Limited
वैदेशिक रोजगार बीमा बिक्रीमा गिरावट, यस्तो छ घट्नुको कारण
Nabil Bank Limited

काठमाण्डौ । जीवन बीमा कम्पनीमध्ये हाल १० वटा कम्पनीले मात्रै वैदेशिक रोजगार बीमालेख बिक्री गर्दै आइरहेको छ । नेपाल बीमा प्राधिकरणले वैदेशिक रोजगार म्यादी जीवन बीमालेख पुल सम्बन्धी कार्यविधि खारेज गरी सबै कम्पनीलाई व्यवसाय गर्ने बाटो खोलेपनि हाल १० कम्पनीले मात्रै यो बीमालेख बिक्री गरेका छन् ।  

चालु आवको ८ महिनामा १० वटा जीवन बीमा कम्पनीले वैदेशिक रोजगार म्यादी जीवन बीमालेखमार्फत १ अर्ब ९९ करोड ९६ लाख रुपैयाँ प्रिमियम उठाएका छन् । जुन यो कुल बीमा शुल्कको २.०२ प्रतिशत हिस्सा हो ।  

तत्कालिन बीमा समितिले २०७९ साउन १ गतेदेखि वैदेशिक रोजगार म्यादी जीवन बीमालेख पुल सम्बन्धी कार्यविधि खारेज गरेपछि १० कम्पनीले यो बीमालेखमार्फत प्रिमियम संकलन गर्दै आइरहेका छन् । १४ वटा कम्पनीमध्ये एलआइसी नेपाल, मेट लाइफ, हिमालयन लाइफ र राष्ट्रिय जीवन बीमा कम्पनीले यो बीमालेख बिक्री गरेका छैनन् ।  

१० कम्पनीले वैदेशिक रोजगार बीमालेखमार्फत आर्जन गरेको बीमाशुल्क गत आवको यसै अवधिसम्मको तुलनामा १०.३८ प्रतिशतले घटेको छ । गत आवको फागुन मसान्तसम्म उक्त कम्पनीहरुले वैदेशिक रोजगार बीमालेखमार्फत २ अर्ब २३ करोड १३ लाख रुपैयाँ प्रिमियम संकलन गरेका थिए ।  

पछिल्लो समय वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएर जाने नेपालीहरुको संख्या घटेपछि बीमा कम्पनीहरुको यस्तो व्यवसाय घट्न पुगेको जीवन बीमक संघका अध्यक्ष तथा सिटिजन लाइफ इन्स्योरेन्सका सीईओ पोषकराज पौडेलले बताए ।  

‘नेपाल राष्ट्र बैंकको तथ्याङ्कअनुसार गत वर्षको तुलनामा वैदेशिक रोजगारमा जाने नेपालीको संख्या घटेको छ, श्रम स्वीकृति लिएर विदेश जानेको संख्या घटेपछि बीमा कम्पनीहरुको वैदेशिक रोजगार बीमालेखबाट हुने व्यवसाय घट्न पुगेको हो’ पौडेलले भने, ‘तर जीवन बीमा कम्पनीको यस्तो व्यवसाय औसतमा मात्रै घटेको देखिएको हो केही कम्पनीहरुले वैदेशिक रोजगार बीमालेखमार्फत व्यवसाय बढाइरहेका छन् ।’

नेपाल राष्ट्र बैंकका अनुसार चालु आवको ७ महिनासम्ममा श्रम स्वीकृति लिई विदेशीने नेपालीको संख्या २ लाख ४७ हजार १२ पुगेको छ । यो गत आवको तुलनामा २१.५३ प्रतिशतले कम हो । गत आवको माघ महिनासम्ममा श्रम स्वीकृति लिई वैदेशिक रोजगारका लागि जाने नेपालीको संख्या ३ लाख १४ हजार ७६७ थियो ।  

त्यस्तै, पुनः श्रम स्वीकृति लिनेको संख्या समेत गत आवको तुलनामा ५.४७ प्रतिशतले घटेको छ । गत आवको सात महिनामा पुनः श्रम स्वीकृति लिनेको संख्या १ लाख ६७ हजार ७०८ रहेकोमा चालु आवको यस अवधिसम्म १ लाख ५८ हजार ५४० रहेको छ ।  

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

वैदेशिक रोजगारमा जानेको संख्या घटेपछि बीमा कम्पनीको वैदेशिक बीमालेख बिक्रीबाट हुने व्यवसाय घट्न पुगेको सन नेपाल लाइफ इन्स्योरेन्सका सीईओ राज कुमार अर्यालले बताए ।  

‘अहिले समग्रमा वैदेशिक रोजगारमा जानेको संख्या गत वर्षको तुलनामा कम देखिएको छ, जीवन बीमा कम्पनीहरुले बिक्री गर्ने वैदेशिक रोजगार बीमालेख संख्या घटेको छैन’ उनले भने, ‘बीमा शुल्क आम्दानी केही प्रतिशत मात्रै घट्न पुगेको हो, वैदेशिक रोजगारको सक्रिय बीमालेख संख्या अधिकांश कम्पनीको बढेको छ र यस्तो व्यवसाय घट्दा कुल व्यवसायलाई खासै असर पार्दैन ।’  

वैदेशिक रोजगार बीमालेख बिक्रीबाट हुने व्यवसाय घटेपनि जीवन बीमा कम्पनीहरुमा यस्तो सक्रिय बीमालेखको संख्या बढेको छ । गत वर्ष कुल सक्रिय १३ लाख ९३ हजार ९५६ रहेको वैदेशिक रोजगार बीमालेख संख्या चालु आवमा ४४।१५ प्रतिशतले बढेर २० लाख ९ हजार ३५४ पुगेको छ ।  

चालु आवको ८ महिनामा यस्तो बीमालेख बिक्रीमार्फत सर्वाधिक प्रिमियम संकलन गर्नेमा सन नेपाल लाइफ रहेको छ । कम्पनीले यस्तो बीमालेखमार्फत ४९ करोड ८१ लाख रुपैयाँ प्रिमियम संकलन गरेको छ ।  

त्यस्तै, नेपाल लाइफले ४३ करोड ५३ लाख, आइएमई लाइफले २२ करोड ६४ लाख, एशियन लाइफले १७ करोड ५१ लाख, सुर्यज्योति लाइफले १४ करोड २४ लाख, सानिमा रिलायन्स लाइफले १३ करोड ८८ लाख, रिलायबल नेपाल लाइफले ११ करोड ८४ लाख, सिटिजन लाइफले ७ करोड ४४ लाख र प्रभु महालक्ष्मी लाइफले १६ लाख रुपैयाँ यस्तो बीमालेखमार्फत प्रिमियम संकलन गरेको छ । 


Nepal Investment Mega Bank Limited
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
IME remit

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.