बुधबार, असार १०,२०८३ 01:33:21
Bizshala
  • बुधबार, असार १०,२०८३ 01:33:21
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

बोलिङगरको मध्य ब्यान्डमा सपोर्ट लिंदै नेप्से, अबको यात्रा कस्तो ?

Laxmi Sunrise Bank Limited
बोलिङगरको मध्य ब्यान्डमा सपोर्ट लिंदै नेप्से, अबको यात्रा कस्तो ?

काठमाण्डौ । गत साता बुधबारदेखि घट्न सुरु गरेको बजारले सोमबारसम्म आइपुग्दा बजार ७६ अंकले घटर २ हजार ९८ विन्दुमा बन्द भएको छ ।

यसलाई प्राविधिक भाषामा भन्नु पर्दा बजारले बोलिङगरको अपर ब्यान्डमा शुटिङग स्टार बनाएर खसेको बजारले आज मध्य ब्यान्डमा सपोर्ट लिएको छ । 

New Office
CG Motors
Garima Development Bank

बोलिङगरको मध्य ब्यान्ड २ हजार ९३ को विन्दुमा पर्न जान्छ । यसअघि पनि मध्य ब्यान्डमा सपोर्ट लिएर बजार फर्केको थियो । (हेर्नुहोस हरियो एरो ।) म्याक्डीमार्फत् नियाल्दा भने यो दिन करिब वियरिस क्रसओभर बन्दै गरेको देखिन्छ । हिस्टोग्राम पनि नेगेटिभ बनेको छ । 

आरएसआईमार्फत् नियाल्दा बजार ५५ को तहमा पुगेको छ । समग्रमा तीन वटै इन्डिकेटरबाट नियाल्दा बजारमा बिक्री दबाब परेको देखिन्छ । 

कारोबारमार्फत् नियाल्दा पछिल्लो पटकको उच्च कारोबार करिब १० अर्ब रुपैयाँपछि बजारमा क्रमशः भोलुम र कारोबार दुबै घट्दै गएको छ । पिभटमार्फत् बजारलाई नियाल्दा अबको सपोर्ट पहिलोमा २ हजार ९३, दोस्रोमा २ हजार ३३ र तेस्रामो १ हजार ९७२ विन्दुमा छ । त्यसैगरि, बढेमा बजारले २ हजार १२१, २ हजार १५५ र २ हजार २१६ मा प्रतिरोध लिन सक्छ ।  

अबको यात्रा कस्तो ?

निरन्तर चार दिनदेखि घटेको बजार पाँचौ दिनमा भने सम्हालिन सक्छ । किनकि फिवनासी श्रृंखला अन्तरगत ३, ५ र ८ अंक महत्वपूर्ण रहन्छन् । 

यो प्वाइन्टमा बोलिङगरको मध्य ब्यान्ड, पिभट् प्वाइन्टको पहिलो सपोर्ट तथा फिवोनासीको ०.६१ प्रतिशत पनि यहि विन्दुमा पर्ने भएकोले २ हजार ९० विन्दु आसपासबाट बजार सम्हालिन सक्ने सम्भाबना छ ।  

(नोट : सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ, यो विश्लेषण कारोबारको लागि सिफारिस भने होइन ।)

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.