Nabil Bank Limited
Nabil Bank Limited
Bizshala

८ महिनामा सेबोनद्वारा पौने २५ अर्ब रुपैयाँको धितोपत्र निष्कासन अनुमति, नेप्सेमा रु.६५ अर्ब ८५ करोडको आईपीओ सूचीकृत

Global IME Bank Limited
८ महिनामा सेबोनद्वारा पौने २५ अर्ब रुपैयाँको धितोपत्र निष्कासन अनुमति, नेप्सेमा रु.६५ अर्ब ८५ करोडको आईपीओ सूचीकृत
Nabil Bank Limited

काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले पौने २५ अर्ब रुपैयाँको धितोपत्र सार्वजनिक निष्कासनका लागि अनुमति प्रदान गरेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आवको ८ महिनासम्ममा सेबोनले २४ अर्ब ७८ करोड रुपैयाँ बराबरको धितोपत्र निष्कासन गर्न अनुमति दिएको हो ।  

जसमा बोर्डले ९ अर्ब ८० करोड रुपैयाँ बराबरको साधारण शेयर (आईपीओ), ६ अर्ब २ करोड रुपैयाँ बराबरको डिबेन्चर, ५ अर्ब ४६ करोड रुपैयाँ बराबरको हकप्रद शेयर र ३ अर्ब ५० करोड रुपैयाँ बराबरको म्युचुअल फण्ड रहेका छन् ।  

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

गत पुष २० गतेदेखि धितोपत्र बोर्ड अध्यक्षबिहिन छ । बोर्डमा अध्यक्ष नहुँदा तीन महिनायता कुनै कम्पनीको धितोपत्र सार्वजनिक निष्कासन भएको छैन । तीन सिमेन्टसहित ३५ वटा कम्पनी आईपीओ र १३ वटा कमपनी हकप्रद निष्कासनको लागि धितोपत्र बोर्डको पाइपलाइनमा छन् ।  

अर्थमन्त्री वर्षमान पुनको निर्देशनपश्चात् धितोपत्र बोर्डले पाइपलाइनमा रहेका कम्पनीहरुको आईपीओ र हकप्रद निष्कासलाई अनुमति दिने तयारी गरेको छ ।  

त्यस्तै, चालु आवको ८ महिनामा नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा १ खर्ब २ अर्ब ७४ करोड रुपैयाँ बराबरको धितोपत्र सूचीकृत भएका छन् । जसमा ६८ अर्ब ८५ करोड रुपैयाँ बराबरको साधारण शेयर ९आइपीओ०, १७ अर्ब ७९ करोड रुपैयाँ बराबरको हकप्रद शेयर, १६ अर्ब ७ करोड रुपैयाँ बराबरको बोनस शेयर र ३ करोड रुपैयाँ बराबरको एफपीओ रहेका छन् ।


Nepal Investment Mega Bank Limited
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
IME remit

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.