काठमाण्डौ । मध्य भोटेकोशी जलविद्युत कम्पनीको अध्यक्षमा फणिन्द्र राज जोशी नियुक्त भएका छन् । कम्पनीको चैत १ गते बसेको संचालक समितिको बैठले कम्पनीको अध्यक्ष पदमा जोशीलाई नियुक्त गर्ने निर्णय गरेको हो ।
यसअघि अध्यक्ष पदमा रहेका तुलसीराम ढकालले संचालकमा मात्रै रहने गरी अध्यक्ष पदबाट राजीनामा दिएका कारण रिक्त पदमा जोशीलाई आजैदेखि लागू हुनेगरी सर्वसम्मतिले चयन गर्ने निर्णय गरेको हो ।
कम्पनीको संचालकहरुमा चिलिमे जलविद्युत कम्पनीको तर्फबाट फणिन्द्र राज जोशी, तुलसीराम ढकाल, बाबुराम महर्जन र नारायण प्रसाद आर्चाय छन् भने नेपाल विद्युत प्राधिकरणबाट टेकनाथ तिवारी रहेका छन् ।
त्यस्तै, सर्वसाधारणतर्फबाट गोविन्द प्रसाद पराजुली, राम कुमार थेवे र भूमिनन्द अर्याल छन् ।

