Bizshala
  • मंगलवार, चैत्र १०,२०८२ 07:38:26
Bizshala
Global IME Bank Limited

नेप्सेमा अब ३०२८ निर्णायक बिन्दुः पार भयो भने नयाँ उचाइ, नत्र करेक्सन(प्राविधिक विश्लेषण)

Hyundai Nepal
नेप्सेमा अब ३०२८ निर्णायक बिन्दुः पार भयो भने नयाँ उचाइ, नत्र करेक्सन(प्राविधिक विश्लेषण)
Shivam Cement

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक मंगलबार २३.८३ अंकले बढेर २९६०.४० विन्दुमा बन्द भएको छ। यो वृद्धिसँगै बजार करिब आठ महिनायताकै उच्च स्तरमा पुगेको छ भने समग्र ट्रेन्ड अझै स्पष्ट रूपमा बुलिश देखिएको छ।

CG Motors
New Office
Laxmi Sunrise Bank Limited

अपट्रेन्ड कायम, बियरिस संकेत इन्भ्यालिड

मंगलबारको क्यान्डलले अघिल्लो दिन बनेको बियरिस क्यान्डलको हाईभन्दा माथि क्लोज गर्दै त्यसलाई इन्भ्यालिड गरेको छ। यसले बजारमा अपट्रेन्डको निरन्तरता रहेको स्पष्ट संकेत दिन्छ। साथै, बजार अहिले पनि अपवर्ड च्यानलभित्र कारोबार गरिरहेको छ, जहाँ तल्लो ट्रेन्डलाइनबाट बलियो रिबाउन्ड देखिएको छ।

३०००–३०२८ क्षेत्र निर्णायक

चार्टअनुसार तत्कालीन मुख्य प्रतिरोध ३०२८.७९ विन्दुमा देखिएको छ। बजारले यो स्तर मजबुत रूपमा ब्रेक गर्न सकेमा ३१००–३१२० विन्दुसम्म पुग्ने सम्भावना प्रबल देखिन्छ। यसअघि पनि बजार ३००० नजिक पुगेको हुँदा यो जोन मनोवैज्ञानिक रूपमा पनि महत्वपूर्ण मानिन्छ।

प्राविधिक सूचकहरू : बलियो तर ‘ओभरहिट’ संकेत

ADX करिब ३६ विन्दुमा पुगेकोले ट्रेन्डको शक्ति बलियो रहेको पुष्टि गर्छ। MACD मा देखिएको गोल्डेन क्रस अझै भ्यालिड छ भने Bollinger Band को अपर ब्यान्डसँगै बजार माथि बढ्नुले एग्रेसिभ बुलिस मोमेन्टम देखाउँछ।

तर RSI ७४.७० मा पुगेकोले बजार ओभरबट जोनमा छ। यसले ३०००–३०२८ क्षेत्र आसपास अल्पकालीन करेक्सन वा कन्सोलिडेसन हुन सक्ने संकेत दिएको छ। यस्तो अवस्थामा इन्ट्राडे करेक्सन, सानो बडी भएका क्यान्डल वा साइडवेज मूभमेन्ट देखिन सक्छ।

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

सपोर्ट जोनहरू : तल कति सुरक्षित ?

प्राविधिक रूपमा २८५०–२८७० विन्दु नजिकको क्षेत्र पहिलो बलियो सपोर्ट देखिन्छ। त्यसभन्दा तल २७५०–२७८० विन्दु अर्को सपोर्ट हो। दीर्घकालीन ट्रेन्डलाइन आधारमा २५६०–२६०० क्षेत्र बलियो सपोर्टका रूपमा रहेको छ भने २४६९.३७ विन्दु अर्को महत्वपूर्ण तलको आधार हो।

विश्लेषकहरूका अनुसार २८०० माथि रहँदासम्म ठूलो गिरावटको जोखिम भने न्यून देखिन्छ।

भोल्युम र सेक्टोरल संकेत

मंगलबार भोल्युम केही घटेको देखिए पनि अन्तिम समयमा हाइड्रोपावर र बैंकिङ सेक्टरमा मोमेन्टम देखिएको छ। शीर्ष १० ब्रोकरमध्ये ६ वटा नेट बाइङमा देखिनु बजारका लागि सकारात्मक संकेत हो।

यद्यपि, सूचक बढ्दा पनि धेरै लगानीकर्ताको पोर्टफोलियोमा खासै सुधार नदेखिनु सीमित स्टकले बजार तानेको संकेत हुन सक्छ।

लगानीकर्ताका लागि संकेत

विश्लेषकहरूका अनुसार ३०२८ विन्दु नजिक बजार पुग्दा केही नाफा बुक गर्न वा सतर्क रहन उपयुक्त हुन सक्छ। तर स्पष्ट ब्रेकआउट आएमा नयाँ उचाइतर्फको यात्रा तीव्र हुन सक्छ।

अर्कोतर्फ, RSI ओभरबट भएकाले छोटो अवधिमा ‘हेल्दी करेक्सन’लाई पनि नकार्न सकिँदैन।

नेप्से हाल प्राविधिक रूपमा बलियो अवस्थामा छ र अपट्रेन्ड कायम छ। तर ३००० माथिको क्षेत्र अब ‘टेस्ट जोन’ बनेको छ—जहाँबाट या त बजारले नयाँ उचाइतर्फ ब्रेकआउट गर्छ, या छोटो करेक्सनपछि पुनः गति समात्छ। त्यसैले लगानीकर्ताले जोखिम व्यवस्थापन गर्दै रणनीतिक निर्णय लिनु आवश्यक देखिन्छ।

Global IME Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.