बुधबार, असार १०,२०८३ 06:00:12
Bizshala
  • बुधबार, असार १०,२०८३ 06:00:12
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

महुली लघुवित्तको ११ औं साधारण सभा आज, यस्ता छन् मुख्य अजेण्डा

Laxmi Sunrise Bank Limited
महुली लघुवित्तको ११ औं साधारण सभा आज, यस्ता छन् मुख्य अजेण्डा

काठमाण्डौ । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको ११ औं वार्षिक साधारण सभा आज आयोजना हुँदैछ । गत चैत ३ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकको निर्णयबमोजिक साधारण सभा आयोजना हुन लागेको हो ।  

उक्त सभा सप्तरीमा रहेको संस्थाको केन्द्रीय कार्यालयमा आयोजना हुनेछ । उक्त सभामा संस्थाको संस्थापक सेयरलाई सर्वसाधारण सेयरमा परिणत गर्ने र सोका लागि नियमनकारी निकायमा स्वीकृतीका लागि पेश गर्ने र सोहि अनुरुप प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने प्रस्ताव पारित हुनेछ । सभामा एक वा एकभन्दा बढी उपयुक्त लघुवित्तलाई गाभ्नेरगाभिने तथा प्राप्ति गर्ने कार्यका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गरिनेछ ।  

New Office
CG Motors
Garima Development Bank

यस्तै सभामा गत आवको वार्षिक प्रतिवेदन तथा सोहि अवधिको नाफा नोक्सान हिसाब,नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु पारित गरिनुका साथै चालु आवका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।

सभाबाट संस्थापक सेयरधनीका तर्फबाट रिक्त रहेको सञ्चालक पदमा सञ्चालक समितिबाट भएको मनोनयनलाई अनुमोदन गरिनेछ ।  

वार्षिक साधारण सभा प्रयोजनका लागि संस्थाले गत चैत १४ गते एक दिनका लागि बुक क्लोज गरिसकेको छ । यसर्थ चैत १३ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरुमात्रै सभामा सहभागी हुन योग्य हुनेछन् ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.