शुक्रबार, जेष्ठ १,२०८३ 02:44:48
Bizshala
  • शुक्रबार, जेष्ठ १,२०८३ 02:44:48
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

यी ५ कारण सेयर बजारले चक्मा दियो लगानीकर्तालाई

Laxmi Sunrise Bank Limited
यी ५ कारण सेयर बजारले चक्मा दियो लगानीकर्तालाई
Shivam Cement

काठमाण्डौ । काठमाण्डौ । लगानीकर्ताको साझा अपेक्षाविपरीत सेयर बजारले साताको पहिलो कारोबार दिन आज उल्टो गति समातेको छ ।  

बालेन शाह नेतृत्वको सरकारले कार्यभार सम्हालेपछिको पहिलो कारोबार दिन भएका कारण धेरैमा आजको बजार उछालको गतिमा दौडिने अपेक्षा थियो । तर, लगानीकर्ताहरुको ती अपेक्षालाई तोड्दै बजारले उल्टो लय समातेर चक्मा दिएको हो ।  

नेप्से परिसूचक दिउँसो २ बजेसम्म ५० अंकभन्दा बढीले घटिसकेको छ । यसअघि नेप्से अझ धेरै अंकले घटे पनि केही सम्हालिएर ५० अंकमा आइपुगेको छ । कारोबार रकम १० अर्ब माथि पुगेको छ । 

Bizshala
New Office
CG Motors

यो अवधिसम्म नेप्सेमा ३२६ कम्पनीको सेयर किनबेच भएकोमा ६ वटाको मात्र मूल्य बढेको छ । बाँकी २५९ बढीको मूल्य घटेको छ ।  

कतिपय कम्पनी तथा समूहका सूचकहरुमा प्यानिक अवस्था समेत देखिएको छ ।  

बित्त समूह, विकास बैंक तथा बैंकिंग समूह, होटल तथा टुरिजम, निर्जीवन बीमा समूह, व्यापार लगायतमा पहिरो गएको देखिएको छ ।  

नेप्सेका कुनै पनि समूहका सूचकमा यो समाचार तयार पार्दासम्म हरियो रंग देखिएको छैन ।  

किन यस्तो भयो होला ?

बालेन नेतृत्वको सरकारलाई यसरी बजारले किन न्यानो स्वागत गरेन त ? विश्लेषकहरुले यस पछाडि विभिन्न कारण हुनसक्ने औंल्याएका छन् ।  

एउटा कारण यो अघिल्ला दिनहरुको बढ्दो बजारको स्वस्थ करेक्सन नै हो ।  

Garima Development Bank
Shivam Cement
IME remit

दोश्रो कारण चाहि, बालेन नेतृत्वको सरकारले सुरु गरेको धरपकडपछि एमालेले देशव्यापी प्रदर्शन सुरु गरेको छ । आन्दोलनका कारण जनजीवन अस्तव्यस्त भई लगानीको माहौल बिग्रिने र त्यसले अर्थतन्त्रमा समेत नकारात्मक प्रभाव पर्ने आँकलनमा लगानीकर्ताहरु डराउँदा समेत यस्तो भएको हो ।  

तेश्रो कारण चाहिँ चैत मसान्तमा ब्याज तिर्नुपर्ने दवाब पनि हो । 

चौथो चाहिँ, बालेन नेतृत्वको सरकारले सेयर बजारमा हुने अबैध लगानीलाई समेत कडाई गर्ने नीति पहिलो क्याबिनेट बैठकबाट पारित गरेको छ । बैंक अकाउण्टदेखि सेयर बजारमा व्यक्ति विशेषले गर्ने गतिविधिलाई समेत ट्रयाक गर्ने नीतिका कारण अहिलेसम्म पनि विभिन्न लुपहोल्सबाट कालोधन बजारमा खन्याइरहेका लगानीकर्ता हच्किएका हुनसक्छन् । यसले समेत बजारको मनोविज्ञान बिगारेको हुनसक्ने विश्लेषण गरिएको छ । 

पाँचौ कारण चाहि, आफ्ना अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि उनलाई छुटाउन दवाब दिनका लागि एमालेले भित्री रुपमा सेयर बजारमा आबद्ध आफ्ना हजारौं प्रतिबद्ध कार्यकर्तालाई परिचालन गरेर सुनियोजित ढंगले बजार घटाएको समेत हुनसक्छ । तर, पाँचौ कारणमा चाहिँ खासै धेरै दम देखिन्न। 

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.