Bizshala
  • बुधबार, पुष १६,२०८२ 10:33:59
Bizshala
Global IME Bank Limited

ग्रिन डेभलपमेन्ट बैंकको दुई आवको साधारण सभा आज बस्दै, के–के छन् अजेण्डामा ?

Hyundai Nepal
ग्रिन डेभलपमेन्ट बैंकको दुई आवको साधारण सभा आज बस्दै, के–के छन् अजेण्डामा ?
Shivam Cement

काठमाण्डौ । ग्रिन डेभलपमेन्ट बैंक लिमिटेडको दुई आर्थिक वर्षको वार्षिक साधारण सभा आज आयोजना हुँदैछ । फागुन २४ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयबमोजिम बैंकको दशौं र एघारौं वार्षिक साधारण सभा आज आयोजना हुन लागेको हो ।  

उक्त सभा कास्की पोखरामा रहेको मेजेष्टिक लेक फ्रन्ट होटल एण्ड सुईटमा आयोजना हुनेछ । सभामा आव २०७८/७९ सम्मको मुनाफाबाट हाल कायम चुक्तापूँजी ५१ करोड ९० लाख रुपैयाँ ३.८ प्रतिशत बोनस सेयर र ०.२० प्रतिशत नगद लाभांश गरी कुल ४ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गरिनेछ ।  

CG Motors
Bizshala
Garima Development Bank

यस्तै सभामा आर्थिक वर्ष २०७८/७९ र २०७९/८० को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनुका साथै दुई आवको वित्तीय विववरणहरुमाथि छलफल गरी पारित गरिनेछ । सभामा सर्वसाधारण सेयरधनीकातर्फबाट २ जना र संस्थापक सेयरधनीका तर्फबाट ३ जनाको निर्वाचन गर्ने तथा स्वतन्त्र सञ्चालकको नियुक्तलाई अनुमोदन गर्ने प्रस्ताव समेत पारित हुनेछ ।  

यसैगरी सभामा अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थालाई एक आपसमा गाभ्ने÷गाभिने वा प्राप्तिका लागि सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव समेत पारित हुनेछ ।  

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बैंकले गत चैत ९ गते एक दिनका लागि बुक क्लोज गरिसकेको छ । यसर्थ चैत ८ गतेसम्म कायम सेयरधनीहरुले मात्रै लाभांश प्राप्त गर्न सभामा सहभागी हुन सक्नेछन् ।  

New Office
Laxmi Sunrise Bank Limited
IME remit
Bizshala
Muktinath Bikas Bank Limited
IME remit
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.