Nabil Bank Limited
Nabil Bank Limited
Bizshala

क्यामरा च्याम्पियन रियलमी सि ५३ बजारमा, कति छ मूल्य ?

Global IME Bank Limited
क्यामरा च्याम्पियन रियलमी सि ५३ बजारमा, कति छ मूल्य ?
Nabil Bank Limited

काठमाण्डौ । रियलमीले ग्राहकहरुको माग र चाहनालाई सम्बोधन गर्न नयाँँ मोडल रियलमी सि ५३ अहिले बजारमा उपलब्ध गराएको छ ।

रियलमी सि ५३ मा १०८ मेगापिक्सेलको अल्ट्रा–क्लियर क्यामरा छ जुन यो मूल्यमा पाउने फोनहरुमध्ये सबैभन्दा धेरै हो । त्यसको लागि कम मूल्यमा राम्रो क्यामरा भएको फोन भने रियलमी सि ५३ सही रोजाइ हो ।

 

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

बेजोड फोटोग्राफी :

यसमा भएको सबैभन्दा ठूलो क्यामरा सेन्सरले फोटोमा हरेक रंगहरू प्रष्ट देखाउनुका साथै कम उज्यालोमा पनि सानो–सानो डिटेलसहित फोटो खिच्दछ । साथै यसको ३ टाईम्स इन–सेन्सर जूमले कुनै तस्विरहरु जूम गर्नुपर्‍यो भने पनि १०० प्रतिशत रेजोलुसनमा फोटो खिच्न सक्छ । रियलमीको सी सिरिजमा यस्तो फिचर भएको यो पहिलो मोडल हो ।

 १०८ एमपिको क्यामरा भए पनि यसको फोटो प्रोसेसिङ टाईम कम भएकोले फुल रेजोलुसनमा खिच्दा पनि समय लाग्दैन । साथै यसमा भएको ०.३ एमपिको क्यामराले सुन्दर पोट्रेट शटहरु लिन्छ भने सेल्फीको लागि ८ एमपिको क्यामरा राखिएको छ जसले तपाईको सेल्फी गेम खतरा बनाउँछ ।

उत्कृष्ट डिजाइनः

रियलमी सि ५३ को क्यामरा मात्र हैन, डिजाइन पनि उत्कृष्ट छ । अल्ट्रा–स्लिम र प्रिमियम डिजाइन रहेको यस रियलमी सि ५३ कम्प्याक्ट र हलुका तौलको छ । जसले गर्दा यो स्मार्टफोन ग्राहकहरूका लागि उत्कृष्ट विकल्प बन्न पुगेको छ ।

शक्तिशाली ब्याट्री :

५००० एमएएचको शक्तिशालि ब्याट्री र १८ वाटको फास्ट चार्जरसहित आउने यस रियलमी सि ५३ मा दिनभरी आरामसँग भिडियो हेर्न अथवा गेम खेल्न मिल्छ ।

दमदार पर्फर्मेन्स :

रियलमी सि ५३ मा युनिसक टाइगर टि ६१२ अक्टाकोर प्रोसेसर राखिएको छ भने स्टोरेज अप्सन चाँहि ६ प्लस १२८ जिबि र ४ प्लस १२८ जिबिको छ । यो मेमोरीलाई अझै १२ जिबिसम्म एक्सपान्ड गर्न सकिन्छ । 

६.७४ इन्चको फुल एचडी डिस्प्ले, ९० हर्जको रिफ्रेस रेट र ५६० निट्स ब्राइटनेस भएको यो रियलमी सि ५३ मा गेम खेल्न पनि उपयुक्त छ ।

च्याम्पियन गोल्ड र च्याम्पियन ब्ल्याकजस्ता आकर्षक रङहरुमा उपलब्ध रहेको यस रियलमी सि ५३ को ४ प्लस १२८ जिबि भेरिएन्टको मूल्य १७ हजार ९९९ रूपैयाँ छ भने ६ प्लस १२८ जिबि भेरिएन्टको मूल्य १८ हजार ९९९ रूपैयाँ छ ।


Nepal Investment Mega Bank Limited
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
IME remit

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.