बुधबार, असार १८,२०८२ 06:10:21
  • बुधबार, असार १८,२०८२ 06:10:21
Global IME Bank Limited

समस्याग्रस्त नेपाल सेयर मार्केट्स एन्ड फाइनान्सको संयोजकमा रोशन कुमार अधिकारी

Hyundai Nepal
समस्याग्रस्त नेपाल सेयर मार्केट्स एन्ड फाइनान्सको संयोजकमा रोशन कुमार अधिकारी
Nabil Bank Limited

काठमाण्डौ । समस्याग्रस्त नेपाल सेयर मार्केटस् एन्ड फाइनान्स लिमिटेडको व्यवस्थापन समूहको संयोजक पदको अन्तिम नतिजा सार्वजनिक भएको छ । सार्वजनिक नतिजा अनुसार ५ जना उम्मेदवारमध्ये रोशन कुमार अधिकारी मुख्य उम्मेदवारका रुपमा छनौट भएका छन् ।

नेपाल राष्ट्र बैंकको सुपरिवेक्षण विभागको छनौट समितिको सचिवालयले संयोजनका लागि प्रथमपटक फागुन १४ गते र दोस्रोपटक चैत ७ गते दरखास्त आह्वान आवेदन मा गरेको थियो । उक्त सूचनाका आधारमा दरखास्त फाराममध्ये ५ जना उम्मेदवारले पेश गरेको दरखास्त फाराम स्वीकृत भएको थियो ।  

CG Motors
Muktinath Bikas Bank Limited

दरखास्त फाराम स्वीकृत हुने उम्मेदवारमा प्रकाश घिमिरे,तारानाथ पाण्डे,पिताम्बर सापकोटा,रोशन कुमार अधिकारी र गोबिन्द प्रसाल शर्मा रहेका थिए । दरखास्त फाराम पेश गरी तोकिएको परीक्षामा सहभागी भएका उम्मेदवारहरुले प्राप्त गरेको अन्तिम कुल अंकको आधारमा योग्यता क्रम निर्धारण गरी मुख्य उम्मेदवार र वैकल्पिक उम्मेदवार छनौट गरिएको छ । छनौट हुने मुख्य उम्मेदवारमा रोशन कुमार अधिकारी रहेका छन् ।  

त्यस्तै वैकल्पिक उम्मेदवारमा प्रकाश घिमिरे र गोविन्द प्रसाद शर्मा रहेका छन् । छनौटमा परेका मुख्य उम्मेदवार रोशन कुमार अधिकारीलाई नेपाल राष्ट्र बैंकको वित्तीय तथा सुपरीवेक्षण विभागमा सम्पर्क राखि नियुक्ती लिन सूचित गरिएको छ । तोकिएको मितिभित्र सम्पर्कमा नआएमा योग्यता क्रम अनुसारका वैकल्पिक उम्मेदवारलाई नियुक्त गरिने विभागले जनाएको छ ।    

प्रकाश घिमिरे र तारानाथ पाण्डेलाई चैत २१ गते बुधबार बेलुका ५ः३० बजे व्यावसायिक कार्ययोजना पेश गर्न बोलाइएको छ । त्यस्तै, पिताम्बर सापकोटा र रोशनकुमार अधिकारीलाई चैत २२ गते बेलुका ५ः३० बजे र गोविन्दप्रसाद शर्मालाई चैत २३ गते दिउँसो २ बजे कार्यायोजना प्रस्तुत गर्न बोलाइएको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.