Nabil Bank Limited
Nabil Bank Limited
Bizshala

कर्मचारीलाई बोनस बाँड्न जीवन बीमा कम्पनीले छुट्याए सवा ५६ करोड, कसले कति दिने ?

Global IME Bank Limited
कर्मचारीलाई बोनस बाँड्न जीवन बीमा कम्पनीले छुट्याए सवा ५६ करोड, कसले कति दिने ?
Nabil Bank Limited

काठमाण्डौ । बीमा कम्पनीमा कार्यरत कर्मचारीलाई बर्सेनि ‘बोनस व्यवस्था’को सुविधा रहेको छ। कर्मचारीले तलबबाहेक कम्पनीले वर्षभरि आर्जन गरेको मुनाफाका आधारमा बोनस प्राप्त गर्नेछन्। 

मुनाफाकै आधारमा कम्पनीहरुले आफ्ना कर्मचारीका लागि १० प्रतिशत रकम बोनस व्यवस्थाका आधारमा छुट्याउनुपर्ने प्रावधान छ। बोनस ऐन, २०३० मा कुनै पनि प्रतिष्ठानले कर्मचारीलाई वितरण गर्नुपर्ने बोनसको प्रतिशत खुद मुनाफाको १० प्रतिशत हुनुपर्ने उल्लेख छ। 

बीमा कम्पनीहरुले सोही व्यवस्थाबमोजिम कर्मचारी बोनस छुट्याएका हुन्छन्। गत आर्थिक वर्ष २०७९–८० को असार मसान्तसम्म जीवन बीमा कम्पनीहरुले कर्मचारी व्यवस्थाका लागि कुल ५६ करोड २४ लाख ३८ हजार रुपैयाँ छुट्याएका छन्। 

नेपाल बीमा प्राधिकरणको तथ्यांकअनुसार गत वर्षको अन्त्यसम्म जीवन बीमा कम्पनीहरुमा कुल ५ हजार ६८२ जना कर्मचारी छन्। यसर्थ सरदरमा प्रतिकर्मचारीले करिब १ लाख रुपैयाँ बोनस प्राप्त गर्नेछन्। तर, प्रत्येक कम्पनीले छुट्याएको बोनस र कर्मचारी संख्याका आधारमा बोनस व्यवस्था फरक पर्न सक्छ। 

जीवन बीमा कम्पनीहरुले गत आर्थिक वर्षमा कर्मचारी बोनस व्यवस्था ४५.७४ प्रतिशतले बढाएका छन्। अधिकांश बीमा कम्पनीको व्यवसाय वृद्धिसँगै खुद नाफासमेत बढेका कारण कर्मचारीले पाउने बोनससमेत बढ्न पुगेको छ। सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनीहरुले सार्वजनिक गरेको गत आर्थिक वर्षको अन्त्यसम्मको विवरणअनुसार कर्मचारीहरुले ५६ करोड बढी बोनस प्राप्त गर्ने भएका छन्। 

कुन कम्पनीको कति ? 

गत आर्थिक वर्षको वित्तीय विवरणअनुसार १४ जीवन बीमा कम्पनीले बोनस व्यवस्थाबमोजिम ५६ करोड २४ लाख ३८ हजार रुपैयाँ छुट्याएका छन्। 

सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्सले ९ करोड २९ लाख २१ हजार रुपैयाँ कर्मचारी बोनसका लागि छुट्याएको छ। प्राधिकरणका अनुसार नेपाल लाइफमा असार मसान्तसम्म ६०० कर्मचारी रहेका छन्।

त्यस्तै, दोस्रो बढी कर्मचारी बोनस छुट्याउनेमा सन नेपाल लाइफ इन्स्योरेन्स रहेको छ। कम्पनीले गत आर्थिक वर्षमा कर्मचारीका लागि ७ करोड ४३ लाख ३१ हजार रुपैयाँ बोनस छुट्याएको छ। प्राधिकरणका अनुसार गत वर्षको अन्त्यसम्म कम्पनीमा ३८० कर्मचारी रहेका छन्। 

यसैगरी हिमालयन लाइफले ६ करोड ४५ लाख ९२ हजार रुपैयाँ कर्मचारी बोनसका लागि छुट्याएको छ। कम्पनीमा कर्मचारीको संख्या ७९० जना रहेको छ। 

यसका साथै गत आर्थिक वर्षको वित्तीय विवरणअनुसार भने सबैभन्दा बढी अमेरिकन कम्पनी मेट लाइफ इन्स्योरेन्सका कर्मचारीले बोनस पाउने देखिएको छ। कम्पनीले कर्मचारी बोनस व्यवस्थाका लागि ४ करोड ४८ लाख ८८ हजार रुपैयाँ छुट्याएकोमा कर्मचारीको संख्या १७१ मात्रै रहेको छ। 

सबैभन्दा थोरै प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका कर्मचारीले बोनस पाउने देखिएको छ। साबिक प्रभु र महालक्ष्मी लाइफ इन्स्योरेन्स एकआपसमा मर्ज भएका कारण कर्मचारीको संख्या ४२५ रहेको छ। कर्मचारीको संख्या धेरै र मुनाफा थोरै भएकोले कम्पनीले गत वर्ष कर्मचारी व्यवस्थाका लागि १ करोड १६ लाख रुपैयाँ मात्रै छुट्याएको छ। 

क्षमताभन्दा कर्मचारी धेरै भएपछि केही समयअघि कम्पनीमा कर्मचारीलाई निकाल्न खोजिएको समेत आरोप लागेको थियो। 

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

Nepal Investment Mega Bank Limited
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
IME remit

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.