Nabil Bank Limited
Nabil Bank Limited
Bizshala

६ महिनामा ७ अर्बको कफी तथा चिया निर्यात, १ अर्ब ५४ करोडभन्दा बढी राजस्व संकलन

Global IME Bank Limited
६ महिनामा ७ अर्बको कफी तथा चिया निर्यात, १ अर्ब ५४ करोडभन्दा बढी राजस्व संकलन
Nabil Bank Limited

काठमाण्डौ ।चालू आर्थिक वर्ष २०८०/ ०८१ को ६ महिनामा  नेपालबाट ७ अर्ब रुपैयाँ बराबरको कफी तथा चिया निर्यात भएको छ ।  

भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार उक्त अवधिमा ७ अर्ब २४ करोड ४६ लाख ५६  हजार रुपैयाँको कफी तथा चियालगायत वस्तु निर्यात गरेको हो । 

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

७ अर्ब २४ करोड ४६ लाख ५६  हजार रुपैयाँको कफी, चियालगायत वस्तु निर्यात गर्दा नेपालले ५ अर्ब ६८ करोड ११ लाख ५३ हजार रुपैयाँको आयात गरेको छ ।  

नेपालले अन्य कृषिजन्यवस्तुमा घाटा व्यहोरेपनि कफी तथा चियामा नाफा गरेको छ । उक्त अवधिमा उक्त वस्तुको कारोबार गर्दा १ अर्ब ५६ करोड ३५ लाख ३ हजार रुपैयाँ नाफा भएको छ । सरकारले सो कारोबारबाट १ अर्ब ५४ करोड ७१ लाख २१ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।  

नेपालबाट अस्ट्रेलिया, फ्रेन्स, जापान, कोरिया, नेडरल्याण्ड, जर्मनी लगायत मुलुकमा कफी र चिया निर्यात गरिन्छ भने अस्ट्रेलिया, चीन, भारत लगायतका  मुलुकबाट भने आयात गरिन्छ ।

राष्ट्रिय चिया तथा कफी विकास बोर्डले जारी गरेको तथ्यांकअनुसार नेपालमा २० हजार २३७ हेक्टर जमीनमा करिब २६ हजार ३७९ मेट्रिक टन चिया र ३ हजार ३४६ हेक्टर जमीनमा ३५४ मेट्रिक टन कफी उत्पादन हुन्छ ।

आर्थिक वर्ष (आव) २०७९/८० मा नेपालले ३ अर्ब ९३ करोड ७२ लाख ६० हजार रुपैयाँ बराबरको १६ हजार ५९४ मेट्रिक टन चिया निर्यात गरेको छ । सोही वर्ष नेपालले करीब १३ करोड रुपैयाँको २७७ मेट्रिक टन चिया आयात गरेको छ ।  

त्यसैगरी, सोही अवधिमा १३ करोड ४ लाख ४१ हजार रुपैयाँ बराबरको करीब ७८ मेट्रिक टन कफी नेपालले निर्यात गरेको छ भने ३२ करोड ५८ लाख रुपैयाँको ४५० मेट्रिकटन कफी नेपालले आयात गरेको छ ।

अर्थोपार्जन, रोजगारी र पर्यटकीय आकर्षणको सम्भावनामा चिया र कफी दुवै क्षेत्रको योगदान ठूलो छ । 


Nepal Investment Mega Bank Limited
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
IME remit

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.