Nabil Bank Limited
Nabil Bank Limited
Bizshala

रिभर फल्स पावरले शतप्रतिशत हकप्रद जारी गर्ने, एकैपटक दुई आवको साधारण सभा आह्वान

Global IME Bank Limited
रिभर फल्स पावरले शतप्रतिशत हकप्रद जारी गर्ने, एकैपटक दुई आवको साधारण सभा आह्वान
Nabil Bank Limited

काठमाण्डौ । रिभर फल्स पावर कम्पनी लिमिटेडले शतप्रतिशत हकप्रद जारी गर्ने तयारी गरेको छ । कम्पनीले हकप्रद निष्कासनको मुख्य अजेण्डासहित दुई आर्थिक वर्षको साधारण सभा एकैपटक आह्वान गरेको छ । कम्पनीको चैत २८ गते बसेको सञ्चालक समितिको बैठकले ७ औं र ८ औं साधारण सभा एकैपटक डाकेको हो ।  

उक्त सभा आगामी वैशाख २० गते बिहिबारका दिन काठमाण्डोको नक्सालमा रहेको लिसारा रिसेप्सन बिहान ११ बजे आयोजना हुनेछ । सभामा कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने,हाल कायम चुक्तापूँजीको १ः१ अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने,हकप्रद सेयर प्रयोजनका लागि अधिकृत,जारी तथा चुक्तापूँजी वृद्धि गर्ने र यस सम्बन्धमा नियमनकारी निकायबाट कुनै संशोधन गर्न निर्देशन भएमा सोहि बमोजिम गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने विेशष प्रस्तावहरु पारित गरिनेछ ।  

कम्पनीको चैत ८ गते बसेको सञ्चालक समितिको बैठकले बैंकको ऋण भुक्तानी गर्नका लागि हकप्रद जारी गर्ने निर्णय गरेको थियो । 

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

सभामा आव २०७८/७९ र २०७९/८० को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ।  

यस्तै सभामा आव २०७८/७९ र २०७९/८० को लेखापरीक्षण प्रतिवेदन सहितको वित्तीय विवरणहरुमाथि छलफल गरी पारित गरिनुका साथै आव २०८०/८१ का लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरिनेछ।  

साधारण सभा प्रयोजनका लागि कम्पनीले आगामी वैशाख १० गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ वैशाख ९ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै सभामा सहभागी हुन योग्य हुनेछन् । 


Nepal Investment Mega Bank Limited
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
IME remit

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.