काठमाण्डौ । कामकाजी व्यक्तिलाई लक्षित गर्दै नर्भिक अस्पतालले शनिबार पनि अस्पतालको सेवा सञ्चालनमा ल्याएको छ । थापाथलिस्थित नर्भिक इन्टरनेशनल हस्पिटलको सेवा अब शनिबार पनि खुला रहने भएको छ । यसअघि शनिबार आकस्मिक सेवा मात्र खुला रहने गरेको थियो ।
अस्पतालको ओपीडी र प्रयोगशाला परीक्षण लगायतका सेवाहरु बैशाख १२ गते शनिबार देखि लागु हुने गरि हरेक शनिबार पनि खुला रहने व्यवस्था गरेको अस्पतालका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अजयकुमार मिश्रले जानकारी दिए ।
सीईओ मिश्रका अनुसार शनिबारका लागि नियमित सञ्चालनमा रहेको आकस्मिक सेवासँगै अब ओपीडी सेवा अन्तर्गत रहेको डाक्टरको परामर्श, प्रयोगशाला परीक्षण, इमेजिङ सेवाहरु जस्तैः एक्सरे, सिटी स्क्यान, एमआरआई र स्वास्थ्य जाँचहरु शनिबार पनि खुला रहनेछन् ।
यी सेवाहरुमा बैशाखभरका लागि १० प्रतिशत छुटको व्यवस्था समेत गरेको सिइओ मिश्रले जानकारी दिए ।

