Nabil Bank Limited
Nabil Bank Limited
Bizshala

भारतको सेयर बजार बन्यो विश्वको चौथो ठूलो, बजार पूँजीकरण मात्रै ४.३३ लाख करोड डलर

Global IME Bank Limited
भारतको सेयर बजार बन्यो विश्वको चौथो ठूलो, बजार पूँजीकरण मात्रै ४.३३ लाख करोड डलर
Nabil Bank Limited

काठमाण्डौ । भारतको सेयर बजार विश्वको चौथो ठूलो सेयर बजार बनेको छ ।  हङकङको सेयर बजारलाई उछिन्दै भारतको बजार चौथो ठूलो बनेको हो ।

ब्लूमबर्गले सार्वजनिक गरेको प्रतिवेदन अनुसार भारतीय सेयर बजारमा सूचीकृत कम्पनीहरुको बजार पूँजीकरण ४.३३ लाख करोड डलर पुगेको छ । 

हङकङको सेयर बजारमा सूचीकृत कम्पनीहरुको बजार पूँजीकरण ४.२९ लाख करोड डलर रहेको छ ।  

 

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

विश्वको सबैभन्दा ठूलो सेयर बजार भने अमेरिकाको रहेको छ । अमेरिकी सेयर बजारमा सूचीकृत कम्पनीहरुको बजार पूँजीकरण ५०.८६ खर्ब डलर छ । ८.४४ खर्ब डलरका साथ चीनको सेयर दोस्रो स्थानमा छ ।  

जापानको सेयर बजार तेस्रो स्थानमा छ । जापानको सेयर बजार सूचीकृत कम्पनीहरुको बजार पूँजीकरण ६.३६ खर्ब डलर छ ।  

हङकङको सेयर बजार हेङसेङको बजार पूँजीकरणमा लगातार चार वर्ष गिरावट आएको छ । त्यस्तै चीनको सेयर बजारमा पनि लगातार दोस्रो वर्ष गिरावट देखिएको छ ।  

निरन्तर उकालो लागि रहेको भारतीय सेयर बजारमा विदेशी लगानीकर्ताको आकर्षण बढेको छ । विदेशी लगानीकर्ता भारतीय पूँजीबजारमा लगानी गर्न लालायित देखिन्छन् । भारतमा लगानी गर्न चाहनेमा दिर्घकालिन र रणनितीक लगानीकर्ता छन् ।  

यतिबेला भारतमा प्राथमिक सेयर निष्कासन(आईपीओ) मा पनि बृद्धि भइरहेको छ ।भारतमा गत वर्षको नौ महिनामा मात्रै १५० वटा कम्पनीले आईपीओ निष्कासन गरेर दोस्रो बजारमा सूचीकृत भएका छन् । सोहि अवधिमा हङकङमा भने जम्मा ४२ वटा मात्रै कम्पनी सूचीकृत भएका छन् ।

  भारत चम्किदै,चीन खुम्चदै  

भारतीय स्टकहरुमा आएको उछाललाई तीव्र गतिमा बृद्धि भईरहेको विश्वको एक मुख्य अर्थतन्त्रका रुपमा लिइएको छ ।  

अन्तरराष्ट्रिय मुद्रा कोष(आईएमएफ) ले चालू वित्त वर्षको लागि भारतको आर्थिक बृद्धिदर ६.३ प्रतिशत पुग्ने प्रक्षेपण गरेको छ । तर केहि अर्थशास्त्रीहरुले यो दर ७ प्रतिशतसम्म पुग्न सक्ने बताएका छन् ।  

विश्वको पाचौँ ठूलो अर्थतन्त्रका रुपमा रहेको भारतको अर्थतन्त्र सेप्टेम्बरको त्रैमासमा ७.६ प्रतिशतले बृद्धि भएको थियो । यो बृद्धि देशको केन्द्रीय बैंकले प्रक्षेपण गरेको भन्दा धेरै हो ।  

भारतको अर्थतन्त्र र सेयर बजार उकालो लागिरहेका बेला छिमेकी देश चीनको अर्थतन्त्र भने ओरालो यात्रामा छ । चिनीयाँ उत्पादनप्रति उपभोक्ताको घट्दो माग र संकटग्रस्त रियल स्टेटका कारण लगानीकर्ता चीनबाट टाढिदै गएका छन् । जसको प्रभाव त्यहाँको सेयर बजारमा परेको छ । गत वर्ष चीनको साङघाई कम्पोजिट सात प्रतिशतले घटेको थियो । त्यस्तै हङकङगको ह्याङसेङ इन्डेक्समा १९ प्रतिशतले पहिरो गएको थियो ।  

भारत र चीन बीच देखिएको आर्थिक बृद्धिको अन्तरलाई उदयीमान बजार बन्ने होडको प्रतिष्पर्धाका रुपमा हेरिएको छ ।  

भारतीय अर्थतन्त्र चीनसँग कम मात्रामा जोडिएको छ । त्यसैले भारतका स्टकहरुमा चीनको सुस्त आर्थिक बृद्धिको कम प्रभाव देखिएको छ ।

घरेलु संस्थागत र रिटेल लगानीकर्ताका कारण दोस्रो ठूलो जनसंख्या भएको भारतमा विश्वका अन्य जोखिमहरुको पनि कम प्रभाव परेको देखिन्छ ।-एजेन्सी


Nepal Investment Mega Bank Limited

यो पनि हेर्नुहोस

CG Motors
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
IME remit

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.