आईतवार, असार ८,२०८२ 05:27:57
  • आईतवार, असार ८,२०८२ 05:27:57
Global IME Bank Limited

बैंक तथा वित्तीय संस्थाले दैनिक पेश गर्छन् तथ्यांक, राष्ट्र बैंकले भने किन गर्दैन हप्तौसम्म पनि अपडेट ?

Hyundai Nepal
बैंक तथा वित्तीय संस्थाले दैनिक पेश गर्छन् तथ्यांक, राष्ट्र बैंकले भने किन गर्दैन हप्तौसम्म पनि अपडेट ?
Nabil Bank Limited

काठमाण्डौ । केन्द्रीय बैंकलाई बैक बैंकहरुको पनि बैंक भनिन्छ । बैंक तथा वित्तीय संस्थाले दैनिक रुपमा राष्ट्र बैंकमा बैंकका गतिविधि तथा तथ्यांक पेश गर्नुपर्ने हुन्छ । तर राष्ट्र बैंकले भने बैंक तथा वित्तीय क्षेत्रको सूचकको अपेडट भने  ढिला गरी गर्ने गरेको छ । राष्ट्र बैंकले एक साता सम्म पनि तथ्यांकको अपटेड नगरेको पाइन्छ ।  

राष्ट्र बैंकले आफ्नो आधिकारीक वेवसाइटमा बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप तथा कर्जाकोे अवस्था, सीडी रेसियो र अन्तर बैंक ब्याजदर जस्ता सूचकहरुका बारेमा अपडेट गर्ने गरेको छ । पछिल्लोपटक राष्ट बैंकले गत बुधबार अर्थात चैत्र २१ यस्तो अपडेट गरेको थियो । त्यसपश्चात एक साताभन्दा बढी समय बितिसक्दा पनि नयाँ अपडेट भएको छैन ।  

CG Motors
Muktinath Bikas Bank Limited

नेपाल राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले राष्ट्र बैंकमा समयमा नै तथ्यांकहरु उपलब्ध नहुनु र भएको तथ्यांकमा पनि एकरुपता नहुनु जस्ता कारणले तथ्यांक अपडेटमा ढिलाइ भएको बिजशालालाई बताए । ‘यस्ता तथ्यांक अनुमानको भरमा राख्न मिल्दैन । यस विषयमा कार्यलय खुलेपछि म बुझ्ने छु ।’भट्टले भने ।  

पछिल्लो अपडेट अनुसार बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप ६१ खर्ब ६ अर्ब रुपैयाँ रहेको छ । त्यस्तै कर्जा प्रवाह ५० खर्ब ८८ अर्ब रुपैयाँ रहेको छ ।  

यस्तै सिडि रेसियो ८०.८८ प्रतिशत र अन्तर बैंक ब्याजदर ४.४९ प्रतिशत रहेको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.