मंगलवार, असार १७,२०८२ 02:08:46
  • मंगलवार, असार १७,२०८२ 02:08:46
Global IME Bank Limited

माछापुच्छ्रे बैंकले घटायो निक्षपको ब्याजदर, कुनमा कति पाइन्छ ?

Hyundai Nepal
माछापुच्छ्रे बैंकले घटायो निक्षपको ब्याजदर, कुनमा कति पाइन्छ ?
Nabil Bank Limited

काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमिटेडले वैशाख महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले वैशाख महिनाका लागि व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती निक्षेपको ब्याजदर घटाएको छ ।  

बैंकले वैशाख महिनाका लागि व्यक्तिगत मुद्दतीतर्फ अधिकतम ७.२५ प्रतिशत कायम गरेको छ । चैत महिनामा बैंकले व्यक्तिगत मुद्दतीतर्फ अधिकतम ७.७५ प्रतिशत ब्याजदर प्रदान गरेको थियो ।  

बैंकले वैशाख महिनाका लागि व्यक्तिगत निक्षेपतर्फ ३ महिनादेखि ६ महिना अवधिका लागि ५.७५ प्रतिशत,६ महिनादेखि १ वर्षका लागि ६.२५ प्रतिशत,१ वर्षदेखि देखि ३ वर्षसम्मका लागि ६.७५ प्रतिशत र ३ वर्षभन्दामाथिका लागि पनि ७.२५ प्रतिशत ब्याजदर कायम गरेको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

त्यस्तै बैंकले संस्थागत मुद्दती निक्षेपको ब्याजदर पनि घटाएको छ । बैंकले संस्थागत निक्षेपतर्फ वैशाख महिनाका लागि अधिकतम ५.५० प्रतिशत ब्याजदर प्रदाज गर्ने भएको छ । चैत महिनाका लागि बैंकले संस्थागत निक्षेपकर्तालाई अधिकतम ६ प्रतिशत ब्याजदर प्रदान गरेको थियो । बैंकले वैशाख महिनाका लागि संस्थागत निक्षेपतफ ६ महिनादेखि १ वर्षसम्मका लागि ४.५० प्रतिशत,१ वर्षदेखि ३ वर्षसम्मका लागि ५ प्रतिशत र ३ वर्षभन्दा माथि अवधिका लागि ५.५० प्रतिशत ब्याजदरको व्यवस्था गरेको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.