सोमबार, असार ९,२०८२ 02:25:34
  • सोमबार, असार ९,२०८२ 02:25:34
Global IME Bank Limited

झिनो अंकले बजार घट्दा होटल समूहमा चमक, किन घट्यो सेयर कारोबार ?

Hyundai Nepal
झिनो अंकले बजार घट्दा होटल समूहमा चमक, किन घट्यो सेयर कारोबार ?
Nabil Bank Limited

काठमाण्डौ ।साताको तेस्रो कारोबार दिन मंगलबार बजार ०.४० अंकले घटेर २ हजार ९८.२९विन्दुमा बन्द भएको छ । 

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.१९  अंकले घटेर ३८१.१७ विन्दुमा पुगेको छ । 

CG Motors
Muktinath Bikas Bank Limited

यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१० वटा कम्पनीको १ करोड १८ लाख १ हजार ३६० कित्ता सेयर ४ अर्ब २९ करोड ४५ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

आजको बजारबारे बजार जानकार गोविन्दप्रसाद घिमिरे भन्छन्, ‘आजबाट बजारमा करिब-करिब करेक्सन सकिएको देखिन्छ ।यसलाई कारोबार र भोलुमले पनि पुष्टि गरेको छ ।आज बिक्रीकर्ता पछि हट्दा कारोबार घटेको हो ।’

उनका अनुसार प्राविधिक रुपमा पनि बोलिंगरको मध्य ब्यान्डमा बजारले सपोर्टमा लिएको छ । र भोलिबाट नै बजार सकारात्मक हुने देखिन्छ ।

अर्का बजार जानकार प्रेम वलीको विचारमा पनि नकारात्मक समाचार सकिएकोले बजार सम्हालिने कोसिसमा छ ।उनी भन्छन्, ‘आज लगानीकर्ताहरुले घटेर बिक्री गर्न नचाहेको कारण नै कारोबार बढ्न नसकेको हो । हालको लागि करेक्सन पनि सकिएको बुझिन्छ । एक दुई दिनको कारोबारले यसलाई कन्फरमेसन गर्नेछ ।’

त्यसैगरी, अर्का बजार जानकार कमलराज अधिकारी पनि बजार अब घट्न रोकिने बताउँछन् । उनका अनुसार आजैमात्र अत्यधिक तरलता भएका कारण नेपाल राष्ट्र बैंकले ३० अर्ब बजारबाट तानेको छ । आउने मौद्रिक समीक्षामा राष्ट्र बैंक थप लचिलो हुन लागेको बजारमा चर्चा छ ।त्यसैले बिक्री गर्ने पछाडि हट्दा कारोबार घटेको हो ।

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये होटल तथा टुरिजम, वित्त, विकास बैंक, लगानी,नीर्जिवन बीमा र अन्य समूह बाहेक अरु समूहमा रातो पोतिएको छ । यो दिन सबैभन्दा बढी होटल तथा टुरिजम ४.७४प्रतिशतले बढेको छ ।

यसैगरी, नीर्जिवन बीमा समूह ०.७३ प्रतिशतले बढेको छ ।त्यस्तै अन्य समूह ०.५६ प्रतिशतले बढेको छ ।त्यस्तै यो दिन सबैभन्दा बढी व्यापार समूह ०.८८ प्रतिशतले घटेको  छ ।

 यस्तै जीवन बीमा समूह ०.६६ प्रतिशतले घटेको छ ।  यस्तै हाइड्रोपावर समूह ०.५८ प्रतिशतले घटेको छ। उता बैंकिङ समूह चाहिं ०.४२ प्रतिशतले घटेको छ।  

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन पनि हिमालयन रि-इन्स्योरेन्सको सबैभन्दा बढी कारोबार भएको छ । उक्त कम्पनीको ५५ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ । 

यस्तै अपि पावर कम्पनीको १८ करोडभन्दा बढीको कारोबार भएको छ । त्यस्तै, एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट बैंकको १३ करोड ५५ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।  

त्यसैगरी, यो दिन ङादी ग्रूप पावरको ११ करोड ६० लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।यस्तै सोनापुर मिनरल्स एन्ड आयलको १० करोड ६७ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

धरै कमाउने र गुमाउने कम्पनीहरु

यो दिन तीन ओटा अलग-अलग कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । जसमा चन्द्रगिरी हिल्स,नेपाल ल्यूब आयल र एनएमबी माइक्रोफाइनान्स वित्तीय संस्था रहेको छ ।  

यो दिन लक इन पिरियड खुलेका दिन नै चन्द्रागिरी हिल्सको सेयरमूल्यमा भने सकारात्मक सर्किट लागेको हो ।  

त्यस्तै तेह्रथुम पावर कम्पनीको सेयरमूल्य ९.८८ प्रतिशतले बढेको  छ। त्यसैगरी, मिड सोलु हाइड्रोपावरको सेयरमूल्य ६.२० प्रतिशतले घटेको छ । 

यसैगरी, गुराँस लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य ५.९० प्रतिशतले घटेको छ ।त्यस्तै अपर स्यांगे हाइड्रोपावरको सेयरमूल्य ४.८४ प्रतिशतले घटेको छ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.