Nabil Bank Limited
Nabil Bank Limited
Bizshala

नयाँ वर्षदेखि ठमेल र दरबारमार्ग रातभर जाग्ने

Global IME Bank Limited
नयाँ वर्षदेखि ठमेल र दरबारमार्ग रातभर जाग्ने
Nabil Bank Limited

काठमाण्डौ । नयाँ वर्ष २०८१ सालदेखि पर्यटकीय केन्द्र ठमेल र दरबारमार्ग अब चौबीसै घण्टा खुला हुने भएको छ । लामो समयदेखि खुलाउने भनिए पनि सबै निकायको तयारीपछि वैशाख १ गतेबाट कार्यान्वयन गर्ने निर्ण भएको ठमेल पर्यटन विकास परिषदका अध्यक्ष भविश्वर शर्माले बताए ।  

यसअघि पोखरामा पनि रातभर क्लब, दोहोरी, डिस्को तथा लाइभ म्युजिकजस्ता व्यवसायहरु सञ्चालन गर्न पाउने व्यवस्था कार्यान्वयन भइसकेको छ ।  

पोखरापछि काठमाण्डौको पर्यटकीय क्षेत्र ठमेल र दरबारमार्गमा पनि यस्ता व्यवसाय रातभर सञ्चालन गर्न पाउने निर्णय भएको हो । यो निर्णय कार्यान्वयनमा आएपछि ठमेलमा विदेशी तथा स्वदेशी पर्यटकको आगमन बढ्ने र व्यवसाय पनि बढ्ने आशा गरिएको छ ।  

कोभिड महामारीले विस्थापित भएको र आर्थिक मन्दीले सुस्ताको पर्यटन क्षेत्र सुधारिँदै जाने व्यवसायीहरुले अपेक्षा लिएका छन् । चौबिसै घण्टा यस्ता व्यवसाय सञ्चालन हुँदा यसले बजार चलायमान बनाउनुका साथै राजश्व संकलन पनि वृद्धि हुने एक व्यवसायीले बताए ।  

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

ठमेल पर्यटन विकास परिषदका अनुसार अहिले ठमेलमा करिब ८ हजार विभिन्न किसिमा व्यवसाय सञ्चालित छन् । साथै ६० हजार भन्दा बढीले ठमेलमा रोजगारीको अवसर पाएका छन् ।  

रात्रिकालिन व्यवसाय अन्तर्गत होटल, रेस्टुरेन्ट, बार, लाउन्ज, डान्स क्लब, दोहोरी साँझ पर्छन । यसअघि दोहोरी साँझ रातको १२ बजेसम्म र डान्स क्लबहरु २–३ बजेसम्म सञ्चालन हुँदै आएका थिए ।  

वैशाख १ गतेदेखि रातभर व्यवसाय सञ्चालन गर्न पाउने भएपछि विदेशी तथा स्वदेशी पर्यटकहरुको चहलपहल बढ्ने एक व्यवसायीले बताए ।  

अर्थमन्त्री वर्षमान पुनले समेत पर्यटन क्षेत्रबाट नेपालको कुल गार्हथ्य उत्पादन (जीडीपी)मा ठूलो योगदान पुर्याएको बताउँदै आएका छन् । आगामी आव २०८०/८१ को लागि समेत अर्थमन्त्री पुनले पर्यटन क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर बजेट निर्माण गर्न बताएका छन् ।  


Nepal Investment Mega Bank Limited
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
IME remit

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.