Nabil Bank Limited
Nabil Bank Limited
Bizshala

जनउत्थान सामुदायिक लघुवित्तको साधारण सभा सम्पन्न,५ जना सञ्चालक नियुक्त

Global IME Bank Limited
जनउत्थान सामुदायिक लघुवित्तको साधारण सभा सम्पन्न,५ जना सञ्चालक नियुक्त
Nabil Bank Limited

काठमाण्डौ । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडेको १३ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ। सभा बुटवलको होटल न्यू ईरा रुपन्देहिमा सम्पन्न भएको हो।

सभाले आर्थिक वर्ष २०७९/८०को सञ्चालक समितिको प्रतिवेदन छलफल गरी पारित गरेको छ ।  

यस्तै,लेखापरीक्षकको प्रतिवेदन सहितको २०७९/ २०८० असार मसान्तको वासलात तथा आर्थिक वर्ष २०७९/८० को नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरण तथा अनुसूचीहरुमाथि छलफल गरी पारित गरेको छ।

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

सभाले लेखापरीक्षण समितिको सिफारिसबमोजिम आर्थिक वर्ष २०८०/८१ का लागि बाह्य लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्ने निर्णय गरेको छ । संस्थापक सेयरधनीहरुको प्रतिनिधित्व गर्ने सञ्चालकहरुमा यज्ञ बिक्रम शाही,डा.मेग बहादुर विश्वकर्मा र डा. मानबहादुर बिकेलाई नियुक्त गर्ने निर्णय गरेको छ। 

सर्वसाधारण सेयरधनीहरुको प्रतिनिधित्व गर्ने २ जना सञ्चालकहरुमा हुमा कुमारी कुँवर थापा,गुरुराज बरुवाललाई नियुक्ति गर्ने निर्णय गरेको छ । भविष्यमा अन्य उपयुक्त लघुवित्त वित्तीय संस्थाहरुलाई गाभ्ने/गाभिने वा प्राप्तिसँग सम्बन्धित सम्पूर्ण प्रक्रियाहरु पुरा गर्न/गराउन सञ्चालक समितिलाई अधिकार पत्यायोजन गर्ने निर्णय पारित गरेको छ । 


Nepal Investment Mega Bank Limited
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
IME remit

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.