Nabil Bank Limited
Nabil Bank Limited
Bizshala

बोर्नभिटा लगायतका पेय पदार्थलाई ‘हेल्थ ड्रिंक’को श्रेणीबाट हटाउन निर्देशन

Global IME Bank Limited
बोर्नभिटा लगायतका पेय पदार्थलाई ‘हेल्थ ड्रिंक’को श्रेणीबाट हटाउन निर्देशन
Nabil Bank Limited

काठमाण्डौ । भारतको वाणिज्य तथा उद्योग मन्त्रालयले सबै ई–कमर्स कम्पनीहरुलाई आफ्नो वेबसाइट तथा प्लेटफर्मबाट बोर्नभिटासहित सबै पेय पदार्थलाई ‘हेल्थ ड्रिंक’को श्रेणीबाट हटाउन निर्देशन दिएको छ ।  

भारतको वाणिज्य मन्त्रालयले राष्ट्रिय बाल अधिकार संरक्षण आयोगको एक कानूनी अंगको जाँचका क्रममा बोर्नभिटा लगायतका पेय पदार्थहरु‘हेल्थ पेय डेफिनेशन’ नपाइएकार्ले  ‘हेल्थ ड्रिंक’को श्रेणीबाट हटाउन निर्देशन दिएको हो ।  

यसअघि गत अप्रिल २ मा भारतको ‘फुड सेफ्टी एण्ड अथोरिटी अफ इण्डिया(एफएसएसएआई)ले भारतका सबै ई–कमर्स कम्पनीहरुलाई आफ्नो वेबसाइटमा बिक्री गरिने खाद्य पदार्थहरुलाई उचित श्रेणीमा राख्न निर्देशन दिएको थियो ।  

यसका साथै एफएसएसएआईले कुनै पनि पेय पदार्थको बिक्री बढाउनका लागि हेल्थ ड्रिंक तथा इनर्जी ड्रिंक जस्ता शब्दको प्रयोग नगर्न निर्देशन दिएको थियो ।  

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

भारतको राष्ट्रिय बाल अधिकार संरक्षण आयोग(एनसीपीसीआर)ले गत वर्ष बोर्नभिटा बनाउने कम्पनी मोन्डेलेज इन्टरनेशनल इण्डिया लिमिटेडलाई नोटिस जारी गरेको थियो । उक्त नोटिसमा बोर्नभिटामा चिनीको मात्रा धेरै भएको र केहि यस्तो तत्व पनि भएको जसले बालबालिकाको स्वास्थ्यमा असर पर्नसक्ने बताइएको थियो । एनसीपीसीआरले कम्पनीलाई आफ्ना सबै प्रडक्टको विज्ञापन, प्याकेजिङ र लेबलको समीक्षा गर्न र त्यसलाई फिर्ता गर्न भनेको थियो ।  

भारतीय मिडिया रिपोर्टका अनुसार भारतको इनर्जी ड्रिंक र स्पोर्ट्स ड्रिंकको वर्तमान बजारको आकार ४.७ बिलियन डलर छ । जुन सन् २०२८सम्म वार्षिक ५.७१ प्रतिशतले वृद्धि हुने अनुमान गरिएको छ ।  -एजेन्सी


Nepal Investment Mega Bank Limited
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
IME remit

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.