Nabil Bank Limited
Nabil Bank Limited
Bizshala

९ बीमा कम्पनीको सेयरभाउ बढ्यो, २ पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार

Global IME Bank Limited
९ बीमा कम्पनीको सेयरभाउ बढ्यो, २ पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार
Nabil Bank Limited

काठमाण्डौ ।साताको तेस्रो कारोबार दिन मंगलबार सेयरबजारमा झिनो अंकको गिरावट आएको छ । 

नेप्से परिसूचक ०.४० अंकले घटेर २ हजार ९८ विन्दु कायम भएको छ ।  नेप्सेमा सूचीकृत ३१० वटा कम्पनीको १ करोड १८ लाख कित्ता सेयर किनबेच हुँदा ४ अर्ब २९ करोड रुपैयाँ माथिको कारोबार भएको छ ।

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

नेप्सेमा रहेका १३ उपसमूहमध्ये ६ समूहमा हरियाली छाएको छ भने ७ समूह राताम्य भएका छन् ।

बीमा समूहका दुई उपसमूहमा जीवन बीमा समूह ०.६६ प्रतिशतले घटेको छ भने निर्जीवन बीमा समूह ०.७३ प्रतिशतले बढेको छ ।  

आज सर्वाधिक कमाउने अर्थात् सेयरभाउ बढ्ने बीमाकम्पनीमा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स रहेको छ । कम्पनीको सेयरभाउ ७.२१ प्रतिशतले बढेर ५८० रुपैयाँ पुगेको छ ।  

त्यस्तै, हिमालयन रिइन्स्योरेन्सको २.१५ प्रतिशत, राष्ट्रिय बीमाकम्पनीको १.७८ प्रतिशत, युनाइेड अजोडको १.१२ प्रतिशत, हिमालयन एभरेष्टको ०.९२ प्रतिशत, सानिमा जीआईसीको ०.९० प्रतिशत, सानिमा रिलायन्स लाइफको ०.८७ प्रतिशत, एशियन लाइफको ०.४० प्रतिशत र नेको इन्स्योरेन्सको ०.३४ प्रतिशतले सेयरभाउ बढेको छ ।  

त्यस्तै, आज सर्वाधिक गुमाउने अर्थात् सेयरभाउ घट्नेमा नेशनल लाइफ छ । कम्पनीको सेयरभाउ २.१७ प्रतिशतले घटेर ५८६ रुपैयाँ कायम भएको छ ।  

त्यस्तै, प्रभु इन्स्योरेन्सको १.८६ प्रतिशत, आइएमई लाइफको १.४५ प्रतिशत, प्रभु महालक्ष्मी लाइफको १.३७प्रतिशत, एनएलजीको ०.९८ प्रतिशत, सिटिजन लाइफको ०.९६ प्रतिशत, रिलायबल नेपाल लाइफको ०.७० प्रतिशत, सलिकोको ०.६९ प्रतिशत, नेपाल लाइफको ०.६८ प्रतिशत, शिखरको ०.६१ प्रतिशतले सेयरभाउ घटेको छ ।  

यसैगरी, सिद्धार्थ प्रिमियरको ०.५४ प्रतिशत, नेपाल इन्स्योरेन्सको ०.४५ प्रतिशत, हिमालयन लाइफको ०.४४ प्रतिशत, सूर्यज्योति लाइफको ०.३८ प्रतिशत, एलआईसी नेपालको ०.२७ प्रतिशत र सन नेपाल लाइफको ०.२० प्रतिशतले सेयरभाउ घटेको छ ।  

बीमा कम्पनीहरुमा आज सर्वाधिक हिमालयन रि र नेपाल रि-इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । 

हिमालयन रिको सेयर ५५ करोड ९ लाख रुपैयाँमाथि कारोबार भएको छ भने नेपाल रिको ६ करोड २३ लाख रुपैयाँमाथि कारोबार भएको छ ।


Nepal Investment Mega Bank Limited
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
IME remit

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.