बुधबार, असार १०,२०८३ 01:33:30
Bizshala
  • बुधबार, असार १०,२०८३ 01:33:30
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

९ बीमा कम्पनीको सेयरभाउ बढ्यो, २ पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार

Laxmi Sunrise Bank Limited
९ बीमा कम्पनीको सेयरभाउ बढ्यो, २ पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार

काठमाण्डौ ।साताको तेस्रो कारोबार दिन मंगलबार सेयरबजारमा झिनो अंकको गिरावट आएको छ । 

नेप्से परिसूचक ०.४० अंकले घटेर २ हजार ९८ विन्दु कायम भएको छ ।  नेप्सेमा सूचीकृत ३१० वटा कम्पनीको १ करोड १८ लाख कित्ता सेयर किनबेच हुँदा ४ अर्ब २९ करोड रुपैयाँ माथिको कारोबार भएको छ ।

New Office
CG Motors
Garima Development Bank

नेप्सेमा रहेका १३ उपसमूहमध्ये ६ समूहमा हरियाली छाएको छ भने ७ समूह राताम्य भएका छन् ।

बीमा समूहका दुई उपसमूहमा जीवन बीमा समूह ०.६६ प्रतिशतले घटेको छ भने निर्जीवन बीमा समूह ०.७३ प्रतिशतले बढेको छ ।  

आज सर्वाधिक कमाउने अर्थात् सेयरभाउ बढ्ने बीमाकम्पनीमा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स रहेको छ । कम्पनीको सेयरभाउ ७.२१ प्रतिशतले बढेर ५८० रुपैयाँ पुगेको छ ।  

त्यस्तै, हिमालयन रिइन्स्योरेन्सको २.१५ प्रतिशत, राष्ट्रिय बीमाकम्पनीको १.७८ प्रतिशत, युनाइेड अजोडको १.१२ प्रतिशत, हिमालयन एभरेष्टको ०.९२ प्रतिशत, सानिमा जीआईसीको ०.९० प्रतिशत, सानिमा रिलायन्स लाइफको ०.८७ प्रतिशत, एशियन लाइफको ०.४० प्रतिशत र नेको इन्स्योरेन्सको ०.३४ प्रतिशतले सेयरभाउ बढेको छ ।  

त्यस्तै, आज सर्वाधिक गुमाउने अर्थात् सेयरभाउ घट्नेमा नेशनल लाइफ छ । कम्पनीको सेयरभाउ २.१७ प्रतिशतले घटेर ५८६ रुपैयाँ कायम भएको छ ।  

त्यस्तै, प्रभु इन्स्योरेन्सको १.८६ प्रतिशत, आइएमई लाइफको १.४५ प्रतिशत, प्रभु महालक्ष्मी लाइफको १.३७प्रतिशत, एनएलजीको ०.९८ प्रतिशत, सिटिजन लाइफको ०.९६ प्रतिशत, रिलायबल नेपाल लाइफको ०.७० प्रतिशत, सलिकोको ०.६९ प्रतिशत, नेपाल लाइफको ०.६८ प्रतिशत, शिखरको ०.६१ प्रतिशतले सेयरभाउ घटेको छ ।  

यसैगरी, सिद्धार्थ प्रिमियरको ०.५४ प्रतिशत, नेपाल इन्स्योरेन्सको ०.४५ प्रतिशत, हिमालयन लाइफको ०.४४ प्रतिशत, सूर्यज्योति लाइफको ०.३८ प्रतिशत, एलआईसी नेपालको ०.२७ प्रतिशत र सन नेपाल लाइफको ०.२० प्रतिशतले सेयरभाउ घटेको छ ।  

बीमा कम्पनीहरुमा आज सर्वाधिक हिमालयन रि र नेपाल रि-इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । 

हिमालयन रिको सेयर ५५ करोड ९ लाख रुपैयाँमाथि कारोबार भएको छ भने नेपाल रिको ६ करोड २३ लाख रुपैयाँमाथि कारोबार भएको छ ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.