Nabil Bank Limited
Nabil Bank Limited
Bizshala

आज पनि घट्यो नेप्से, फाइनान्स र उत्पादन समूहमा सर्वाधिक गिरावट

Global IME Bank Limited
आज पनि घट्यो नेप्से, फाइनान्स र उत्पादन समूहमा सर्वाधिक गिरावट
Nabil Bank Limited

काठमाण्डौ । साताको दोस्रोे कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ०.८३ प्रतिशत अर्थात १६.८२ अंकले घटेर २००६.५२ विन्दुमा सीमित भएको छ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.६७ प्रतिशतले घटेर ३५५.७८ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१४ वटा कम्पनीको ७२ लाख १२ हजार ६६७ कित्ता सेयर २ अर्ब ७९ करोड ३८ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

आजको बजारबारे बजार जानकार जयसिंह थापा(जयशम्भु) भन्छन्, ‘आज बजार घट्नुले बैंक तथा वित्तीय संस्थाको रिपोर्ट खासै राम्रो नआउने संकते गरेको छ । हाईड्रोको पनि त्रैमासिक प्रतिवेदन राम्रो आउने देखिदैन । त्यसैले मौद्रिक नीतिको समीक्षा नआएसम्म बजारले गति लिने देखिदैन ।’

प्राविधिक रुपमा बजारको करेक्सन अझै नसकिएको र नेप्से १९४० सम्म आउन सक्ने र यो विन्दुमा इलिअट वेभको दोस्रो वेभ सकिएर बजारले पुनःमाथिको यात्रा तय गर्न सक्ने थापाले बताए ।  

अर्का बजार जानकार निमानन्द कंडेल भन्छन्,‘नीतिगत परिवर्तन नभएसम्म लगानीकर्ताको आत्मबल बढ्ने देखिदैन । देशको अर्थतन्त्र कठिन अवस्थामा रहेका बेला अर्थमन्त्रीको विदेश भ्रमणको औचित्य छैन । उनले पूँजीबजारको सुधारका लागि समेत केहि पनि गर्न सकेका छैनन् ।’

बैंकहरुको रिपार्ट पनि उत्कृष्ठ नआउने अवस्था देखिएकाले हिजो–आज बजारमा करेक्सन आएको कंडेल बताउँछन् ।  

यो दिन नेप्सेमा सूचीकृत १३ वटै समूहमा रातो पोतिएको छ । बैंकिङ समूह ०.८१ प्रतिशतले घटेको आज विकास बैंक ०.५५,वित्त १.६४,होटल १.१५,हाईड्रो ०.९६,लगानी ०.३०,जीवन बीमा ०.३३,उत्पादन तथा प्रशोधन १.५९,लघुवित्त ०.५०,म्युचुअल फण्ड ०.०६,निर्जीवन बीमा ०.४९,अन्य १.३८ र व्यापार समूह ०.३८ प्रतिशतले घटे ।  

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

धेरै कारोबार गर्ने कम्पनीहरु

आज ङादी ग्रुप पावरको सर्वाधिक सेयर कारोबार भयो । यो कम्पनीको आज १७ करोड ७३ लाख बढीको सेयर कारोबार भयो ।  

त्यस्तै सानिमा माई हाईड्रोको ६ करोड ९० लाख,सूर्यज्योति लाइफको ६ करोड ३७ लाख,हिमालयन रि इन्स्योरेन्सको ६ करोड ३१ लाख र सिवाईसी नेपाल लघुवित्तको ६ करोड २९ लाख बढीको सेयर कारोबार  भयो ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

यो दिन कुनै पनि कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेन । आज मेन्छियाम हाईड्रोको सेयरमूल्य सर्वाधिक अर्थात ६.७९ प्रतिशतले बढ्यो । श्रृजनशिल लघुवित्तको सेयरमूल्य ५.५६ प्रतिशत,मानुषी लघुवित्तको सेयरमूल्य ४.४७ र माउन्टेन हाईड्रोको सेयरमूल्य ३.८१ प्रतिशतले बढ्यो ।  

आज गुराँस लघुवित्त र दोल्ती पावर कम्पनीको सेयरमूल्य सर्वाधिक अर्थात १० प्रतिशतले घट्यो । यो दिन खानीखोला हाईड्रोको सेयरमूल्य ७.४३ प्रतिशत र मान्डु हाईड्रोको सेयरमूल्य ६.०१ प्रतिशतले घट्यो ।  


Nepal Investment Mega Bank Limited
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
IME remit

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.