Nabil Bank Limited
Nabil Bank Limited
Bizshala

लक्ष्मी सनराइज बैंकको कार्बन उत्सर्जन प्रतिवेदन प्रकाशित

Global IME Bank Limited
लक्ष्मी सनराइज बैंकको कार्बन उत्सर्जन प्रतिवेदन प्रकाशित
Nabil Bank Limited

काठमाण्डौ । लक्ष्मी सनराइज बैंकले आर्थिक वर्ष २०७९/८० सम्मको सवारी साधन कर्जा तथा आवासिय कर्जा अन्तर्गत निष्कासित कार्बन उत्सर्जन प्रतिवेदन सार्वजनिक गरेको छ। बैंक कार्बन एकाउन्टिङ फाइनान्सियल पार्टनरसिप(पीसीएएफ)सँग २०२१ देखी आवद्व हुँदै आएको छ।

पीसीएएफ वित्तीय संस्थाहरुको विश्वयापी साझेदारी समूह होजसले वित्तीय संस्थाहरुको कर्जा र लगानीका क्षेत्रहरु मार्फत उत्सर्जन हुने हरित ग्यास गृहको मुल्याङ्कन र सोको विवरणहरु संकलन र सार्वजनिक गर्ने काम गर्छ।

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

लक्ष्मी सनराइजको प्रकाशित भएको विवरणले बैंकको सवारी साधन कर्जा र आवासिय कर्जामार्फत गत आर्थिक वर्षसम्म कुल १५ हजार ९६५.११ टन कार्बनडाइअक्साइड इक्विभ्यालेन्ट उत्सर्जन गरेको देखाएको छ । जसमध्य सवारी साधन कर्जामार्फत ३ हजार ६४४.५१ र आवासिय कर्जामार्फत १२ हजार ३२०.६० कार्बन उत्सर्जन भएको छ।

बैंकले आफ्नो कार्बन फुटप्रिन्टको पहिचानसँगै उत्सर्जन गरेको ‘टीसीओटु ई’ को असरलाई न्यूनिकरण गर्न पहल अगाडी बढाईसकेको जनाएको छ। 

विभिन्न हरित परियोजनामा लगानी बढाउनुका साथै आफ्ना डिजिटल प्लेटफर्मको पहुँचलाई अझ सुगम र बलियो बनाउने, पूर्णरूपमा डिजिटल बचतखाताहरुको सञ्चालन गर्ने र आफ्ना ग्राहकहरुलाई दिगो अभ्यासहरु गर्न प्रेरित गर्ने लगायतका कार्यहरु गर्दै आएको बैंकले उल्लेख गरेको छ।


Nepal Investment Mega Bank Limited
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
IME remit

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.