Nabil Bank Limited
Nabil Bank Limited
Global IME Bank Limited

अब धितोपत्र बोर्ड अध्यक्षविहीन नहुने, अर्थ मन्त्रालयका प्रतिनिधिले जिम्मेवारी सम्हाल्ने

Hyundai Nepal
अब धितोपत्र बोर्ड अध्यक्षविहीन नहुने, अर्थ मन्त्रालयका प्रतिनिधिले जिम्मेवारी सम्हाल्ने
Nabil Bank Limited

काठमाण्डौ । अब धितोपत्र बोर्डको अनुपस्थितिमा अर्थ मन्त्रालयबाट प्रतिनिधित्व गर्ने सदस्यले बोर्ड अध्यक्षको हैसियतमा काम गर्ने भएका छन् ।  धितोपत्र सम्बन्धी ऐन, २०६३ मा संशोधन गर्दै यस्तो व्यवस्था गरिएको हो ।  

धितोपत्र सम्बन्धी ऐन सहित अन्य विभिन्न ऐनलाई संशोधन गर्न बनेको ‘सम्पत्ति शुद्धीकरण, निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक’ संशोधन भएको हो ।  

यससँगै अब धितोपत्र बोर्ड अध्यक्षबिहीन नहुने भएको छ  । अब धितोपत्र बोर्डमा कुनै कारणबश कार्यकारी अध्यक्षको पद रिक्त हुन गएमा स्वतः बोर्डमा अर्थ मन्त्रालयबाट प्रतिनिधित्व गर्ने सदस्यले बोर्ड अध्यक्षको हैसियतमा काम गर्ने छन्  । ऐनको दफा (७) को उपदफा (७) पछि उपदफा ८ थपिएको छ । 

जसमा अन्यत्र जे सुकै कुरा लेखिएको भए पनि अध्यक्षको पद रिक्त भएमा उपदफा (७) बमोजिम नेपाल सरकारले निजलाई हटाएमा निज निलम्बनमा परी बोर्डको कामकाज गर्न नमिल्ने भएमा बोर्डमा अर्थ मन्त्रालयबाट प्रतिधिनित्व गर्ने सदस्यले बोर्डको अध्यक्षको हैसियतमा काम गर्नेछ, भन्ने उल्लेख गरिएको छ ।  

Shivam Cement
Sagarmatha Cement

यो नयाँ कानूनी व्यवस्थासँगै र अहिले बोर्डको अध्यक्ष पद रिक्त रहेको अवस्थामा अब स्वतः धितोपत्र बोर्डको अध्यक्षको जिम्मेवारी रितेश कुमार शाक्यले पाउने भएका छन् । रमेश कुमार हमालको कार्यकाल गत पुस २० गते सकिएसँगै बोर्ड यतिबेला अध्यक्षविहन अवस्थामा छ । अब नयाँ अध्यक्ष नियुक्त नहुँदासम्म रितेश शाक्यले नै बोर्डको अध्यक्षको जिम्मेवारी पुरा गर्नेछन् ।  

यसअघि बोर्ड अध्यक्षविहिन बन्दा धितोपत्र बोर्डभित्रकै वरिष्ठ अधिकारीले निमित्त अध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका थिए । तर अब भने अर्थ मन्त्रालयको प्रतिनिधिले यस्तो जिम्मेवारी सम्हालेन भएका हुन् ।  

Nepal Investment Mega Bank Limited

यो पनि हेर्नुहोस

Shikhar Insurance
CG Motors
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.