आईतवार, असार १५,२०८२ 07:17:03
  • आईतवार, असार १५,२०८२ 07:17:03
Global IME Bank Limited

पर्याप्त आवेदन नपरेको भन्दै निफ्राले पुनः माग्यो सीईओ, कति चाहिन्छ न्यूनतम योग्यता ?

Hyundai Nepal
पर्याप्त आवेदन नपरेको भन्दै निफ्राले पुनः माग्यो सीईओ, कति चाहिन्छ न्यूनतम योग्यता ?
Nabil Bank Limited

काठमाण्डौ । नेपालको पहिलो र एकमात्र पूर्वाधार बैंक, नेपाल इन्फ्रास्ट्रक्चर बैंक(निफ्रा)ले प्रमुख कार्यकारी अधिकृत(सीईओ) पदका लागि पुनः दरखास्त आह्वान खुलाएको छ । यसअघि सीईओ पदका लागि खुलाएको दरखास्त आह्वानमा प्रयाप्त संख्यामा आवेदन नपरेकाले पुनः आवेदन खुलाइएको बैंकले जनाएको छ ।  

नेपाल सरकार तथा विभिन्न वित्तीय संस्थाद्वारा प्रवद्धित निफ्राले एक सूचना जारी गर्दै सीईओ पदपूर्तिका लागि पुनःदरखास्त आह्वान गरेको हो ।  

सीईओ पदका लागि व्यवस्थापन, बैंकिङ, फाइनान्स, मोनिटरी,अर्थशास्त्र, कर्मसी, अकाउन्टेन्सी, तथ्याङ, अकाउन्टिङ, गणित, व्यवसाय प्रशासन वा कानुनमा स्नाकोत्तर गरेको हुनुपर्नेछ । अथवा कम्तीमा १० वर्ष अफिसर स्तरमा काम गरेको वा बैंकिङ अथवा वित्त क्षेत्र, सरकारी निकायहरु, निजी क्षेत्र, विश्वविद्यालय अथवा अन्तर्राष्ट्रिय निकाय वा संस्थाहरु अधिकृतभन्दा माथिल्लो तहमा काम गरेको हुनुपर्नेछ । अथवा चार्टर अकाउन्टेन्सी (सीए) अथवा व्यवस्थापन, बैंकिङ, फाइनान्स, अर्थशास्त्र, कमर्स, तथ्यांकशास्त्र, अकाउन्टिङ, गणित, बिजनेस प्रशासन तथा कानुनमा स्नातक तह उत्तीर्ण गरेको हुनुपर्नेछ ।  

CG Motors
Muktinath Bikas Bank Limited

यस्तै सीईओ पदका लागि नेपाल राष्ट्र बैंकले निर्धारण गरेको मापदण्ड पुरा गरेको हुनुपर्ने बैंकले जनाएको छ ।  

योग्य इच्छुक आवेदकले आवश्यक कागजातसहित आगामी ५ वर्षे व्यवसायिक रणनीति कार्ययोजना समावेश गरी वैशाख १७गते ५.३० बजेसम्म आवेदन दिन सक्नेछन् । सर्टलिस्टमा परेका आवेदकलाई अगाडीको छनोट प्रक्रियामा समावेश गरिने बैंकले जनाएको छ ।

यसअघिका सिइओ रामकृष्ण खतिवडाले गत माघमा राजीनामा दिइपछि निफ्राको सिइओ पद रिक्त रहेको छ । ।  अहिले सूर्यबहादुर तामाङले बैंकको निमित्त सीईओको जिम्मेवारी सम्हालिरहेका छन् । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.