Nabil Bank Limited
Nabil Bank Limited
Bizshala

सर्तहरुबारे राम्ररी बुझेर मात्रै बैंक तथा वित्तीय संस्थाको कागजातमा हस्तक्षर गर्न राष्ट्र बैंकको आह्वान

Global IME Bank Limited
सर्तहरुबारे राम्ररी बुझेर मात्रै बैंक तथा वित्तीय संस्थाको कागजातमा हस्तक्षर गर्न राष्ट्र बैंकको आह्वान
Nabil Bank Limited

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले वित्तीय सेवा लिनु अघि राम्ररी बुझेर मात्रै हस्ताक्षर गर्न सूचित गरेको छ । केन्द्रीय बैंकले वित्तीय चेतनाका लागि सूचना जारी गर्दै ग्राहकहरुले वित्तीय सेवा लिनु अघि सबै कुरा बुझेर मात्रै हस्ताक्षर गर्न सूचित गरेको हो ।  

‘जुकसुकै वित्तीय कारोबार गर्दा वित्तीय सेवा प्रदायक र ग्राहक दुवै पक्ष निश्चित सर्तमा बाँधिएका हुन्छन् । सर्तहरुको पूर्ण पालना गर्नु दुवै पक्षको कानूनी दायित्व हो ।’ राष्ट्र बैंकले उल्लेख गरेको छ ,‘ग्राहकहरुले वित्तीय सेवाहरु लिनुअघि सर्तहरु पढ्ने र बुझने गर्नु पर्छ । नबुझिएमा प्रश्न सोधी प्रष्ट हुने र हस्ताक्षर गरिएको कागजको एकप्रति आफूले सुरक्षित राख्ने गर्नुपर्छ ।’

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

ग्राहकसँग प्रश्न सोध्ने र सर्तहरु बुझ्ने अधिकार हुने र सर्तहरु बुझाउने जिम्मेवारी वित्तीय सेवा प्रदायकको हुने राष्ट्र बैंकले जनाएको छ । यसरी ग्राहकहरुले सोधेका प्रश्नहरुको सही र सरल जवाफ दिनु ग्राहकको कारोबारसम्बन्ध्री पूर्ण सूचना र कागजात उपलब्ध गराउनु वित्तीय सेवाप्रदायकको दायित्व भएको केन्द्रीय बैंकले उल्लेख गरेको छ ।  

‘भोलि पछुताउनुभन्दा हस्ताक्षर गर्नुअघि कागजमा लेखिएका सर्तहरु नबुझेसम्म प्रश्न सोध्ने गरौं ।’ राष्ट्र बैंकले आह्वान गरेको छ ।  


Nepal Investment Mega Bank Limited
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
IME remit

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.