बुधबार, असार १८,२०८२ 06:25:29
  • बुधबार, असार १८,२०८२ 06:25:29
Global IME Bank Limited

प्रतिकित्ता २ हजारसम्म घटेको चन्द्रागिरी हिल्सको सेयरमूल्य लक इन पिरियड खुल्दा किन बढ्यो ? यस्ता छन् कारण

Hyundai Nepal
प्रतिकित्ता २ हजारसम्म घटेको चन्द्रागिरी हिल्सको सेयरमूल्य लक इन पिरियड खुल्दा किन बढ्यो ? यस्ता छन् कारण
Nabil Bank Limited

काठमाण्डौ । चन्द्रागिरी हिल्सको सेयरमूल्यमा मंगलबार सकारात्मक सर्किट लागेको छ । 

सामान्यतया ‘लक इन पिरियड’ खुलेको दिन धेरैजसो कम्पनीको शेयरमूल्य घट्ने गर्छ । तर, कम्पनीको शेयरमूल्य चाहिं यो दिन बढेको छ ।

CG Motors
Muktinath Bikas Bank Limited

हुन पनि हो, अहिलेसम्मको इतिहासमा प्रायजसो धेरै कम्पनीको सेयर भाउ लकिङ पिरियड खुलेपछि घट्ने गर्छ । किनकि सेयर बजारमा माग र आपूर्तिले काम गरिरहेको हुन्छ ।

लकिङ पिरियड खुले पछि धितोपत्र बजारमा सेयरको आपूर्ति बढ्ने गर्छ ।  तीन वर्ष पहिले दोस्रो बजारमा प्रतिकित्ता करिब २०० रुपैयाँँबाट खुलेको यो कम्पनीको सेयर भाउ  तीन महिनाभन्दा बढी समय निरन्तर बढेर २ हजार ८०० रुपैयाँसम्म पुग्यो । 

धितोपत्र बजारमा सेयरको भाउको कुनै सीमा रहँदैन भन्ने मान्यतालाई यो कम्पनीको सेयर मूल्यले पुष्टि गरेको छ । तर  बजार बियरिस बन्दै जाँदा २ हजार ८०० रुपैयाँबाट खसेको यो कम्पनीको सेयर भाउ मंगलबार भने प्रतिकित्ता अधिकतम ८६० रुपैयाँसम्ममा कारोबार भएको  छ  । 

यो दिन कम्पनीको सेयर भाउमा सकारात्मक सर्किट लागेको छ । लकिङ पिरियड खुल्नु अगाडी यो कम्पनीको सेयर स्वामित्व संस्थापकतर्फ ८८ प्रतिशत सर्वसाधारणतर्फ १२ प्रतिशत छ । जसअनुसार कम्पनीको सर्बसाधारणतर्फ १८ लाख ४० हजार ९०९ कित्ता सेयर सूचीकृत छ । 

मंगलबारदेखि लकिङ पिरियड खुलेकाले अब भने कम्पनीको सबै सेयर दोस्रोबजारमा सर्बसाधारणमा परिणत भएको छ ।  

बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी बाहेक नेप्सेमा सूचीकृत सबै कम्पनीको शतप्रतिशत संस्थापक सेयर प्राथमिक सेयर निष्कासनको सेयर बाँडफाँट भएको मितिले तीन वर्षभित्र सर्बसाधारण सरह हुने प्रावधान छ ।

तर सञ्चालकहरुले सञ्चालक समितिमा रहेको अवस्थामा र सञ्चालक समितिबाट बाहिरिएको एक वर्ष पुरा नभएसम्म भने आफूसँग भएको सेयर बिक्री गर्न भने  पाउने छैनन् । सीडीएससी एन्ड क्लियिरिङ स्रोतका अनुसार लकिङ पिरियड  खुलेता पनि कम्पनीको सेयरमा यो दिन सकारात्मक सर्किट लागेर बढ्नुमा केहि कारण हुन सक्छन् । 

पहिलो भनेको आजसम्म पनि कम्पनीको स्टक सिम्बोल ‘सीजीएच  प्रमोटर’ संकेतमा  नै छ । कम्पनीका संस्थापक(प्रमोटर) हरुले सर्बसाधारणमा रुपान्तरण गर्न आबेदन दिएका छन् तर सबै परिणत भएर खातामा आइसकेको छैन । अर्थात् यो सीडीएससीको प्रक्रियामा नै छ । 

आजसम्म सबै सेयर ‘सीजीएच’ भइसकेको अवस्था भने छैन ।  दोस्रो भनेको यो कम्पनीको सेयर सीमित व्यक्तिसँग भएको कारण पनि उनीहरुले मूल्य घटेर ८०० रुपैयाँसम्म आउँदा खेरि सस्तो मूल्यमा बेच्न नचाहेको पनि हुनसक्छ । 

र तेस्रो भनेको कम्पनीको अहिलेसम्मकै उच्च मूल्यबाट प्रतिकित्ता २ हजार रुपैयाँले घटेका कारण लगानीकर्ता यसमा आकर्षित भएको पनि हुन सक्ने स्रोतले बताएको छ ।  

कम्पनीको चुक्तापूँजी १ अर्व ५३ करोड ४० लाख रुपैयाँ छ ।

 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.