काठमाण्डौ । कालिञ्चोक हाईड्रोपावर लिमिटेडको आईपीओ सोमबार(जेठ ११ गते)बाट दोस्रो बजारमा कारोबार गर्न मिल्ने भएको छ । कम्पनीको आईपीओ नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचीकृत भएसँगै दोस्रो बजारमा कारोबारमा आउन लागेको हो ।
कम्पनी र नेप्सेबीच गत जेठ ८ गते प्रतिसेयर अंकित मूल्य रु.१०० कायम भएको ५५ लाख कित्ता साधारण सेयर सूचीकरण गर्ने सम्झौता भएको थियो । कम्पनीले सर्वसाधारण समक्ष आरविवि मर्चेन्ट बैंकिङ लिमिटेडमार्फत आईपीओ जारी गरेको थियो ।
यसरी सर्वसाधारणमा जारी भएको १३ लाख ७५ हजार कित्ता र कम्पनीका संस्थापक सेयरधनीहरुले लगानी गरेको ४१ लाख २५ हजार कित्ता गरी कुल ५५ लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।
नेप्सेले कम्पनीलाई पहिलो कारोबारका लागि प्रतिकित्ता रु.१०० देखि ३०० को ओपनिङ रेञ्ज प्रदान गरेको छ । कम्पनीको कारोबार संकेत ‘केएचपीएल’ रहेको छ ।

