Nabil Bank Limited
Nabil Bank Limited
Global IME Bank Limited

डाउ थेउरीमा नयाँ लोवर लो बनाउँदै खसेको बजारको अबको सम्भावना कस्तो ?

Hyundai Nepal
डाउ थेउरीमा नयाँ लोवर लो बनाउँदै खसेको बजारको अबको सम्भावना कस्तो ?
Nabil Bank Limited

काठमाण्डौ । मंगलबार नेप्से परिसूचक करिब १५ अंकले घटेर बन्द भयो । यो दिन करिव २ अर्ब १० करोडको कारोबार भएको छ । प्राविधिक रुपमा पछिल्लो अवस्थालाई नियाल्दा बजार २ हजारको मनोवैज्ञानकि विन्दुबाट पनि तल खसेको छ । यसैलाई प्राविधिक रुपमा डाउ थेउरीबाट हेर्दा बजारले नयाँ लोवर लो बनाएको छ ।

बोलिङगर ब्याण्डमार्फत नियाल्दा केही समय पहिले अपर ब्याण्डबाट तल खसेको बजार हाल तल्लो विन्दु नजिक आएको छ । म्याक्डीमा हिस्टोग्राम नेगेटिभ र लामालामा हुँदै गएका छन् । आरएसआई न्यूट्रल जोनमा प्रतिरोध सामाना गरेर हाल ३९ को तहमा आएको छ । घट्दो बजारमा यस्तो विन्दु ओभर सोल्ड जोन ३० भन्दा तल पनि आउन सक्छ ।

Shivam Cement
Sagarmatha Cement

पिभट् मार्फत हेर्दा मंगलबार १९९१ मा बन्द भएको बजारको नजिकको सपोर्ट १९७५  , १९५५ र १९३० मा सपोर्ट लिन सक्छ । त्यसै गरि बढेमा भने २०२४,२०४७ र २०७० मा क्रमश ः प्रतिरोधको सामाना गर्न सक्छ ।  

अबको सम्भावना कस्तो ?

बजार पछिल्लोपटकको उच्च विन्दु २१२१ बाट करिब १३१ अंक झरिसकेको छ । बजार संधै बढेको बढ्यै पनि नगर्ने र घटेको घट्यै पनि नगर्ने भएकाले अबको सपोर्ट विन्दुहरुमा बलियो टेवा लिन सक्छ । तर त्यसको कन्फरमेसनको लागि भने बजारको आगामी दिनको कारोबारलाई नियाल्नु पर्ने हुन्छ ।  

नोटः  सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ, यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।  

Nepal Investment Mega Bank Limited

यो पनि हेर्नुहोस

Shikhar Insurance
CG Motors
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.