काठमाण्डौ । बुधबार सेयरबजारमा सामान्य अंकको सुधार देखिएको छ । नेप्से परिसूचक ४.९९ अंकले बढेर २७८२.१० विन्दुमा उक्लिएको छ ।
नेप्सेमा सूचीकृत ३५४ कम्पनीको १ करोड ५२ लाख ४९ हजार ७१२ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ३ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।
आज बीमा समूहका दुईवटै उपसूचक बढेको छ । जीवन बीमा समूह ०.६८ प्रतिशत र निर्जीवन बीमा समूह ०.५४ प्रतिशतले बढेको छ ।
बीमा समूह बढ्दा २१ बीमा कम्पनीको सेयरभाउ बढेको छ । सर्वाधिक कमाउनेमा क्रेष्ट माइक्रो लाइफ रहेको छ । कम्पनीको सेयरभाउ ८.५२ प्रतिशतले बढेर १३५० रुपैयाँ पुगेको छ ।
त्यस्तै, एशियन लाइफको १.०५ प्रतिशत, सिटिजन लाइफको ०.२२ प्रतिशत, हिमालयन लाइफको ०.२३ प्रतिशत, आइएमई लाइफको १.१३ प्रतिशत, एलआइसी नेपालको ०.३७ प्रतिशत, नेपाल लाइफको ०.७८ प्रतिशत, नेशनल लाइफको ०.५१ प्रतिशत, प्रभु महालक्ष्मी लाइफको ०.९५ प्रतिशत, सन नेपाल लाइफको १.०६ प्रतिशत, सानिमा रिलायन्स लाइफको ०.१० प्रतिशतले बढेको छ ।
यसका साथै हिमालयन एभरेष्टको ०.६० प्रतिशत, आइजीआई प्रुडेन्सियलको ०.३४ प्रतिशत, नेपाल इन्स्योरेन्सको ०.७९ प्रतिशत, नेको इन्स्योरेन्सको ०.८० प्रतिशत, नेपाल माइक्रो इन्स्योरेन्सको ०.४६ प्रतिशत, आरबीसीएलको ०.३४ प्रतिशत, शिखरको ०.७८ प्रतिशत र सिद्धार्थ प्रिमियरको ०.२१ प्रतिशतले बढेको छ ।
आज सर्वाधिक गुमाउनेमा भने एनएलजी इन्स्योरेन्स रहेको छ । कम्पनीको सेयरभाउ १.७० प्रतिशतले घटेर ५७४ रुपैयाँ कायम भएको छ ।
त्यस्तै, सानिमा जिआइसीको ०.१३ प्रतिशत, युनाइटेड अजोडको ०.४३ प्रतिशत, गार्डियन माइक्रो लाइफको १.२३ प्रतिशत, रिलायबल नेपाला लाइफको ०.२६ प्रतिशत, हिमालयन रि को ०.६० प्रतिशत र नेपाल रि इन्स्योरेन्सको ०.६३ प्रतिशतले घटेको छ ।

