मंगलवार, श्रावण ५,२०८३ 05:52:40
Bizshala
  • मंगलवार, श्रावण ५,२०८३ 05:52:40
Bizshala
Global IME Bank Limited

सिटिजन्स बैंकद्वारा सडकमा आश्रित १७ सय घरबारविहीनलाई १७ दिन भोजनको व्यवस्था

सिटिजन्स बैंकद्वारा सडकमा आश्रित १७ सय घरबारविहीनलाई १७ दिन भोजनको व्यवस्था
New Office

काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले आफ्नो १७ औं बार्षिकोत्सवको अवसरमा घरबारविहीन र मानसिक सन्तुलन गुमाएर सडकमा आश्रय लिइ वसेका व्यक्तिहरुलाई १७ दिन भोजनको व्यवस्था गरेको छ । बैंकले चैत २० गतेदेखि वैशाख ६ गतेसम्म गरी कुल १७ दिन करिव १७ सय व्यक्तिहरुलाई १७ दिन भोजनको व्यवस्था गरेको हो ।  

बैंकले भोटुस्इन्दिरा समाज कल्याण संस्थासँंगको सहकार्यमा काठमाण्डौका जोरपाटी, चाबहिल, बौद्ध, मैतीदेवी, सेतोपुल, पुरानो बानेश्वर, भीमसेनगोला, बत्तीसपुतली, सिनामंगल, गौशालालगायतका स्थानमा नदी किनार, सडक छेउमा र पुलमुनि बस्ने घरबारविहीन मानिसहरूलाइ भोजन वितरण गरेको जनाएको छ । सन् २०२० मा कोभिड १९ को सुरुवातसँगै सडकमा आश्रित घरबारविहीन व्यक्तिहरुलाई खाना खुवाउने कार्यको थलानी गरेको बैंकले हालसम्म ३ लाखभन्दा बढीलाई खाना खुवाएको र ५०० भन्दा बढीलाई अन्य सहयोग गरिसकेको जनाएको छ ।  

साथै, बैंकले वैशाख ७ गते आयोजना हुन लागेको आफ्नो १७ औं वार्षिकोत्सव को उपलक्ष्यमा वैशाख ०६ गते कोशी प्रदेशको धरान शाखाबाट निःशुल्क स्वास्थ्यशिविर सञ्चालन गरि करीब १५० जना सेवाग्राहीहरुले निःशुल्क स्वास्थ्य परीक्षण गराउनुका साथैे आवश्यक औषधीहरु समेत निःशुल्क वितरण गरेको छ ।  

यस्तै, आजै कोशी प्रदेशको धरान शाखा र महेन्द्रचोक शाखा, मधेश प्रदेशको महेन्दनगर धनुषा शाखा, बागमती प्रदेशको ठिमि, थानकोट, भैंसेपाटी, सामाखुशी, टेकु र नारायणगढ शाखा, कर्णाली प्रदेशको सुर्खेत शाखा, सुदुरपश्चिम प्रदेशको धनगढी र महेन्द्रनगर शाखाहरुबाट  बृहत रक्तदान कार्यक्रमको आयोजना गरेको छ । देशभर विभिन्न शाखामा गरेको रक्तदान कार्यक्रममा २२२ जनादाताले रक्तदान गरेको बैंकले जानकारी दिएको छ ।  

सिटिजन्स बैंकले देशैभरी फैलिएका आफ्ना १९० वटा शाखा, १५३ वटा एटिएम. र ९८ वटा शाखारहित बैंकिङ ईकाईहरुबाट बैंकिङ आफ्नो सेवा प्रदान गर्दै आएको बैंकले यसै आर्थिक वर्ष थप ७ शाखाहरु विस्तार गरेर आगामी दिनमा देशको ६० वटा जिल्लामा सेवा प्रदान गर्ने जनाएको छ ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.