मंगलवार, असार १७,२०८२ 01:54:04
  • मंगलवार, असार १७,२०८२ 01:54:04
Global IME Bank Limited

सिंगटी हाइड्रो इनर्जीले लाभांस नबाड्ने,साधारण सभाको मिति तय

Hyundai Nepal
सिंगटी हाइड्रो इनर्जीले लाभांस नबाड्ने,साधारण सभाको मिति तय
Nabil Bank Limited

काठमाण्डौ । सिंगटी हाइड्रो इनर्जी लिमिटेडले लाभांश वितरण नगर्ने निर्णय गरेको छ । कम्पनीको माघ ९ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७९/८० का लागि कुनै पनि लाभांश वितरण नगर्ने घोषणा गरेको हो ।  

सोहि बैठकले फागुन १ गतेका लागि कम्पनीको १४ औं वार्षिक साधारण सभा समेत डाकेको छ । उक्त सभामा हकप्रद सेयर निष्कासन गर्ने प्रयोजनका लागि कम्पनीको नियमावली तथा प्रवन्धपत्रमा संशोधन गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।  

CG Motors
Muktinath Bikas Bank Limited

उक्त सभामा आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ । यसैगरी लेखापरीक्षकको प्रतिवेदनसहितको आव २०७९/८० को  वासलात, नाफा नोक्सान हिसाब तथा सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विववरणहरुमाथि छलफल गारी पारित गरिनुका साथै आर्थिक वर्ष २०८०/८१ को लेखापरीक्षणका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरिनेछ ।  

कम्पनीले साधारण सभा प्रयोजनका लागि आगामी माघ १८ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.