आईतवार, जेष्ठ ३,२०८३ 05:11:14
Bizshala
  • आईतवार, जेष्ठ ३,२०८३ 05:11:14
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

कृषि विकास बैंकको नाफामा ९७.२२% को उछाल, अन्य सूचकमा पनि उल्लेख्य सुधार

Laxmi Sunrise Bank Limited
कृषि विकास बैंकको नाफामा ९७.२२% को उछाल, अन्य सूचकमा पनि उल्लेख्य सुधार
Shivam Cement

काठमाण्डौ । कृषि विकास बैंक लिमिटेडको खुद नाफामा उल्लेख्य वृद्धि भएको छ । बैंकले चालु आवको तेस्रो त्रैमाससम्म २ अर्ब ५ करोड बढी खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोहि अवधिको तुलनामा ९७.२२ प्रतिशतले बढी हो। अघिल्लो आवको तेस्रो त्रैमाससम्म भने बैंकको खुद नाफा १ अर्ब ४ करोड रुपैयाँमा सीमित थियो ।  

बैंकको खुद ब्याज आम्दानी पनि १५.३१ प्रतिशतले बढ्दै ७ अर्ब २० करोड रुपेयाँ पुगेको छ । बैंकको खुद सञ्चालन आम्दानी ६ अर्ब ७९ करोड रहेको छ । बैंकले इम्पेयरमेन्ट चार्जका लागि १ अर्ब ५२ करोड रुपैयाँ छुट्टाएको छ । बैंकको कर्मचारीको सेवा सुविधाका लागि २ अर्ब ८९ करोड र बैंकको अन्य सञ्चालन १ अर्ब ४ करोड रुपैयाँ खर्च गरेको छ ।  

Bizshala
New Office
CG Motors

बैंकको निक्षेप १ खर्ब ९९ करोडबाट बढेर २ खर्ब २८ करोड रुपैयाँ पुगेको छ । बैंकको कर्जा प्रवाह पनि १ खर्ब ७६ अर्बबाट बढेर १ खर्ब ९६ अर्ब पुगेको छ । बैंकले खराब कर्जा अनुपात पनि घटाउन सफल भएको छ । अघिल्लो आवको तेस्रो त्रैमाससम्म ४.२० प्रतिशत रहेको बैंकको खराब कर्जा अनुपात ३.३० प्रतिशतमा सीमित बनेको छ ।  

समीक्षा अवधिसम्म बैंकको प्रतिसेयर आम्दानी(ईपीएस) १७.९३ रुपैयाँ,प्रतिसेयर खुद मूल्य २२२.८५ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य २ हजार १४९.८८ रुपैयाँ र तरलता अनुपात ३२.०२ प्रतिशत कायम भएको छ ।  

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.