सोमबार, असार १५,२०८३ 10:22:22
Bizshala
  • सोमबार, असार १५,२०८३ 10:22:22
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

नेपाल बैंकको नाफामा ९२.६७ प्रतिशतको भारी गिरावट, प्रतिसेयर आम्दानी जम्मा १.१८ रुपैयाँ

Laxmi Sunrise Bank Limited
नेपाल बैंकको नाफामा ९२.६७ प्रतिशतको भारी गिरावट, प्रतिसेयर आम्दानी जम्मा १.१८ रुपैयाँ

काठमाण्डौ । नेपाल बैंक लिमिटेडको नाफामा ९२.६७ प्रतिशतको भारी गिरावट आएको छ । बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म १३ करोड ५ लाख रुपैयाँ मात्रै खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोहि अवधिसम्म भने बैंकले १ अर्ब ७८ करोड रुपैयाँ खुद नाफा कमाएको थियो ।  

बैंकको खुद ब्याज आम्दानी भने ४.३७ प्रतिशतले बढेको छ । बैंकले चैत मसान्तसम्म ६ अर्ब ७७ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । बैंकको खुद सञ्चालन आम्दानी ४ अर्ब ३३ करोड रुपैयाँ रहेको छ ।  

बैंकले इम्पेयरमेन्ट चार्ज १४६.४५ प्रतिशतले बढाएको छ । बैंकले इम्पेयरमेन्ट चार्जका लागि ३ अर्ब ६६ करोड रुपैयाँ छुट्टाएको छ । बैंकको खराब कर्जा अनुपात ४.१६ प्रतिशतबाट बढेर ४.८५ प्रतिशत पुगेको छ ।  

New Office
CG Motors
Garima Development Bank

बैंकको कर्मचारी खर्च २ अर्ब ७१ करोड र अन्य सञ्चालन खर्च ७६ करोड ११ लाख रुपैयाँ रहेको छ ।  

बैंकको रिटेन्ड अर्निङ १ अर्ब ४ करोड रुपैयाँले ऋणात्मक रहेको छ । रिजर्भको आकार भने २१ अर्ब ८२ करोड रुपैयाँबाट बढेर २२ अर्ब ५६ करोड रुपैयाँ पुगेको छ ।  

समीक्षा अवधिसम्म बैंकको प्रतिसेयर आम्दानी(ईपीएस) १.१८ रुपैयाँ, प्रतिसेयर नेटवर्थ २४६.४२ रुपैयाँ,मूल्य आम्दानी अनुपात १७९.४४ गुणा र तरलता अनुपात ३३.८३ प्रतिशत कायम भएको छ ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.