सोमबार, असार २३,२०८२ 03:17:13
  • सोमबार, असार २३,२०८२ 03:17:13
Global IME Bank Limited

सिटिजन्स बैंकद्वारा नेपालमै पहिलो पटक भर्चुअल क्रेडिट कार्ड सार्वजनिक

Hyundai Nepal
सिटिजन्स बैंकद्वारा नेपालमै पहिलो पटक भर्चुअल क्रेडिट कार्ड सार्वजनिक
Nabil Bank Limited

काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले  फोनपे  सँगको सहकार्यमा नेपालमै पहिलो पटक भर्चुअल क्रेडिट कार्ड सार्वजनिक गरेको छ । सिटिजन्स बैंकमा आयोजित एक कार्यक्रमका बीच सिटिजन्स बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल र फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवशकुमारबीच भर्चुअल क्रेडिट कार्ड सञ्चालन सम्बन्धी सम्झौता भएको हो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत पोखरेलले उक्त भर्चुअल क्रेडिट कार्डको उद्घाटन समेत गरेका छन् ।

भर्चुअल क्रेडिट कार्डको लागि सिटिजन्स मोबाइल बैंकिङ एपमार्फत योग्य ग्राहकहरूले सिधै आवेदन दिन सक्नेछन । कुनै कागजी कार्य र भौतिक कार्डको आवश्यकता नपर्ने यस्तो कार्डमा ग्राहकहरूले रु २० हजार देखि रु २ लाख ५० हजारसम्मको क्रेडिट सीमा उपभोग गर्न पाउनेछन । भर्चुअल क्रेडिट कार्ड क्यूआर कोड स्क्यान गरेर किनमेल गर्न, नेपालभित्र अनलाइन खरिदहरू गर्न प्रयोग गर्न सकिनेछ । यसमा ईएमआईको सुबिधा पनि रहेको छ । बैंकले ग्राहकहरुलाई ४५ दिनको समयावधिभित्र सजिलै कर्जा चुक्ता गर्ने विकल्प प्रदान गरेको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

साथै, ग्राहकहरुको कुल क्रेडिट कार्डको बक्यौताको १० प्रतिशतदेखि शतप्रतिशतसम्म भुक्तानी गर्ने विकल्प पनि प्रदान गरेको छ । भर्चुअल क्रेडिट कार्ड एक पूर्ण डिजिटल रुपमा सञ्चालित क्रेडिट कार्ड हो । यसलाई ग्राहकहरूले आफ्नो मोबाइल बैंकिङ एप्लिकेशनमार्फत नै यो प्राप्त गर्न तथा आफ्नो कारोबार गर्न सक्नेछन् । यो कार्डले भुक्तानी कार्ड उद्योग र ग्राहकहरुलाई पुनः परिभाषित गर्ने अपेक्षा बैंकले गरेको छ ।  

सिटिजन्स बैंकले देशैभरी रहेका आफ्ना १९० वटा शाखा, १५३ वटा एटीएम र ९८ वटा शाखा रहित बैंकिङ ईकाईहरुबाट बैंकिङ सेवाहरु प्रदान गर्दै आईरहेको छ ।  

 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.