Nabil Bank Limited
Nabil Bank Limited
Bizshala

कुमारी बैंकद्वारा १० लाख रुपैयाँ बीमा रकम भुक्तानी

Global IME Bank Limited
कुमारी बैंकद्वारा १० लाख रुपैयाँ बीमा रकम भुक्तानी
Nabil Bank Limited

काठमाण्डौ । कुमारी बैंक लिमिटेडले परिवार सुरक्षा बचत खाता योजनाअन्तर्गत खाताधारकलाई १० लाख रुपैयाँको दुर्घटना बीमा रकम भुक्तानी गरेको छ ।  

खाताधारकको परिवारको तर्फबाट कावासोती न.पा. वडा नं २ निवासी लक्ष्मी पाण्डे र निजको श्रीमान विश्वनाथ पाण्डेलाई संयुक्त रुपमा उक्त रकम हस्तान्तरण गरिएको थियो । उक्त रकम कुमारी बैंकको कावासोती शाखाबाट हस्तान्तरण गरिएको बैंकले जनाएको छ । नेको इन्स्योरेन्स लिमिटेडबाट बीमा दावी रकम प्राप्त भई कुमारी बैंकमार्फत सो रकम भुक्तानी गरिएको बैंकले उल्लेख गरेको छ ।  

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

कुमारी बैंकले कुमारी परिवार सुरक्षा बचत खातामा आकर्षक बीमा सुविधा उपलब्ध गराउँदै आएको छ । यस खातामा खातावाला सहित परिवारका ४ जना सदस्यले २६ लाख रुपैयाँसम्मको बीमा सुविधा प्राप्त गर्न सक्छन् । सो खातामा आकस्मिक दुर्घटना, मृत्यु, पूर्ण शारीरिक अशक्क्तता,चिकित्सा उपचार र घातक रोगहरुका लागि बीमा सुविधा प्रदान गरिन्छ ।

कुमारी बैंकले विगत ४ वर्ष देखि ग्राहकहरुको सुविधाका लागि परिवार सुरक्षा बचत खाता योजनामार्फत बीमालगायत अन्य उत्कृष्ट सुविधा प्रदान गर्दै आईरहेको छ ।

कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१५ एटीएम, ५० एक्सटेन्सन काउन्टर तथा ६७ शाखारहित बैंकिङ ईकाईहरुमार्फत सेवा प्रदान गरिरहेको छ ।  


Nepal Investment Mega Bank Limited
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
IME remit

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.