Bizshala
  • मंगलवार, जेष्ठ २६,२०८३ 05:00:26
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सेयरबजार १.५४ अंकले घट्यो, कारोबार रकम भने बढ्यो

Laxmi Sunrise Bank Limited
सेयरबजार १.५४ अंकले घट्यो, कारोबार रकम भने बढ्यो
Shivam Cement

काठमाण्डौ । आज सेयरबजार सामान्य अंकको गिरावट आएको छ। आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से)परिसूचक ०.०५ प्रतिशत अर्थात १.५४ अंकले घटेर २ हजार ७३३.५९ विन्दुमा सीमित बनेको छ। यससँगै बलिया तथा ठूला कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.०६ प्रतिशतले घटेर ४६९.०७ विन्दुमा झरेको छ।

आज नेप्सेमा सूचीकृत ३५७ वटा स्क्रिप्टको १ करोड २३ लाख ८२ हजार १७ कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम ६ अर्ब ४४ करोड ३१ लाख बढीको सेयर कारोबार भएको छ । अघिल्लो कारोबार दिन भने ४ अर्ब ८ करोड ४८ लाख बढीको सेयर कारोबार भएको थियो।

आजको बजारबारे बजार जानकार निमानन्द कंडले भन्छन्, ‘बजारमा अन्योलता सिजर्ना कायम छ, अझैपनि लगानीकर्ताहरु पर्ख र हेरको अवस्थामा नै छन् । सरकारले लगानीकर्ताको मनोबल बढाउने नसक्दा बजार घट्ने क्रम रोकिएको छैन । सम्पत्ति शुद्धीकरण अनुसन्धानले ठूला व्यवसायी तथा लगानीकर्ता र ब्रोकरहरु बजारमा सक्रिय रुपमा लागिपरेका छैनन् ।’

Bizshala
New Office
CG Motors

उनले थपे, ‘बजारमा ट्रेडर मात्रै सक्रिय देखिन्छन् जसकारण सानो भोल्युमसहित नेप्से सूचक सामान्य उतारचढाव भइरहेको छ । बजारमा फन्डामेन्टल बलिया कम्पनीहरु चल्न सकिरहेका छैनन् । सरकारले बजारसम्बन्धी नकारात्मक कुराको निरुत्साहित गर्न सके मात्रै बजारले लय लिन सक्छ । तर लगानीकर्ताहरुले सरकारलाई आँखा चिम्लेर विश्वास भने गर्न सकिरहेका छैनन् ।’

कुन समूहमा भयो कतिको थपघट ?

आज कारोबारमा आएका १३ वटा समूहमध्ये चारवटा बाहेक अन्य सबै समूहमा रातो पोतियो । आज अन्य समूह सर्वाधिक अर्थात ०.२९ प्रतिशतले बढ्यो । यस्तै होटल ०.१२, हाईड्रो ०.०१ र उत्पादन तथा प्रशोधन ०.२६ प्रतिशतले बढ्यो ।

आज फाइनान्स समूह सर्वाधिक अर्थात १.०१ प्रतिशतले घट्यो । विकास बेंक समूह पनि आज ०.०६ प्रतिशत, लगानी ०.१२, जीवन बीमा ०.३७, लघुवित्त ०.२०, म्युचुअल फण्ड ०.१५, निर्जीवन बीमा ०.४६ र व्यापार ०.३८ प्रतिशतले घट्यो ।  

Garima Development Bank
Shivam Cement
Bizshala

सर्वाधिक कारोबार हुने कम्पनी

आज कृषि विकास बैंकको बोण्डको सर्वाधिक अर्थात ५७ करोड बढीको सेयर कारोबार भयो । यस्तै सेन्ट्रल फाइनान्सको ३५ करोड ९० लाख, एनबीबीएल डिबेञ्चर २०८५ को ३१ करोड २९ लाख, आँखुखोला जलविद्युतको २५ करोड ७५ लाख र लक्ष्मी बैंक डिबेञ्चर २०८६ को २० करोड ७३ लाख बढीको सेयर कारोबार भयो ।

सर्वाधिक कमाउने र गुमाउने कम्पनी

आज कारोबारमा आएका कम्पनीहरुमध्ये दुईवटा कम्पनीको सेयरमूल्यमा मात्रै अपर सर्किट लाग्यो। आज सोपान फर्मास्युटिकल्स र कालिञ्चोक हाईड्रोको सेयरमूल्यमा मात्रै अपर सर्किट लाग्यो ।

यस्तै सप्तकोशी डेभलपमेन्ट बैंकको सेयरमूल्य १०.९८ प्रतिशत, उपकार लघुवित्तको ८.७० र अपर हेवाखोला हाईड्रोको सेयरमूल्य ६.१७ प्रतिशतले बढ्यो ।

यो दिन क्रेष्ट माईक्रो लाइफको सेयरमूल्य सर्वाधिक अर्थात ९.१६ प्रतिशतले घट्यो । यस्तै सामुदायिक लघुवित्तको सेयरमूल्य पनि आज ७.३७ प्रतिशतले खस्कियो ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.