शुक्रबार, जेष्ठ १,२०८३ 01:46:57
Bizshala
  • शुक्रबार, जेष्ठ १,२०८३ 01:46:57
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

ग्राउण्ड जिरोः बजारबारे अधिकांशमा अन्यौलता,कोहि भने अर्थमन्त्री पुनकै कार्यकालमा २५ सय पुग्नेमा ढुक्क

Laxmi Sunrise Bank Limited
ग्राउण्ड जिरोः बजारबारे अधिकांशमा अन्यौलता,कोहि भने अर्थमन्त्री पुनकै कार्यकालमा २५ सय पुग्नेमा ढुक्क
Shivam Cement

काठमाण्डौ । सधैको साता जस्तै आज पनि हामी नियमित स्तम्भ ‘ग्राउण्ड जिरो’का लागि विभिन्न ब्रोकर हाउसहरुमा पुगेका छौं । यस क्रममा आज हामी त्रिपुुरेश्वर , सुन्धारा र न्यूरोड आसपासका केही ब्रोकर हाउसहरुमा पुगेर लगानीकर्ता तथा ब्रोकरहरुको मनोविज्ञान बुझ्ने प्रयास गरेका छौं ।  

आज हामी सबैभन्दा पहिले त्रिपुरेश्वरमा रहेको इन्भेष्टमेन्ट म्यानेजमेन्ट नेपाल (स्टक ब्रोकर नम्बर ५३) मा पुग्यौं । आज बिहान दोस्रो बजार कारोबार खुलेपछि बजार केहि घटेको थियो । यसै ब्रोकरमा भेटिएका एक लगानीकर्ताले बजारमा लगानीकर्ता सेयरमा भन्दा सुनतर्फ आकर्षित भएपछि बजारमाथि जान नसकेको गुनासो गरे । ‘ सेयर बजारबाट भन्दा सुनको लगानीले राम्रो प्रतिफल पाउने आशामा लगानीकर्ता सुनतर्फ लागेका छन्,’ उनले भने । उनले कारोबार स्क्रिन हेर्दै बजार १९४० भन्दा तल नजाने  आँकलन गरे । उनले भने,‘आउँदै गरेको राष्ट्रबैंकको नीतिमा संस्थागत लगानीकर्ताहरुलाई अल्पकालिन कारोबार गर्ने बाटो खुल्ला गर्नुपर्छ । यसले बजारमा सुधार आउनेछ ।’

ब्रोकर हाउसमा यस्तै गल्फति चल्दै थिए । यसबेलासम्म बजार १० अंकभन्दा बढीले घटेको थियो ।  

यहाँबाट हामी सुन्धारनस्थित सुन्धारा सेक्युरिटिज (स्टक ब्रोकर नम्बर ५२) मा पुग्यौं । यहाँ लगानीकर्ताको उपस्थिति निकै कम थियो । यस ब्रोकरमा पनि एकजना पाको उमेरका एउटा बैंकका संस्थापक सेयरधनी भेटिए । अजय सुमार्गी जस्ता व्यापारीसँग राम्रो सम्बन्ध रहेको दाबी गर्ने ती व्यक्तिले भने,‘अर्थमन्त्री अमेरिकाबाट फर्केका छन् । अब केही न केही पक्कै हुन्छ । यो बजेटमा पूँजीबजारको बिषयमा केहि सम्बोधन हुनेछ ।’  

बजारको बिषयमा प्रक्षेपण गर्दै ती लगानीकर्ताले वर्षमान पुनको कार्यकालमा नेप्से परिसूचक २५ सय विन्दुको उचाईमा पुग्ने बताए । ‘त्यहाँ भन्दामाथि त म भन्न सक्दिन । ३२ सय को आशा भने अहिले नै नगरौं होला,’ उनले भने । यसो भन्दै उनले ब्रोकरलाई सेयर किन्न आदेश दिए ।  

उनले देशको अर्थतन्त्र बिग्रनुमा घरजग्गा र निजी सवारी साधनमा बढी लगानी हुनु मुख्य जिम्मेवार रहेको ठोकुवा गरे ।  

समयको गतिसँगै नेप्सेको परिसूचक पनि तलमाथि गर्दै थियो । ब्रोकर हाउसको भित्तामा झुण्डिएको घडीले १२ बजेको संकेत गरिरहेको थियो । बजार एकोहोरो घहिरेको थियो ।  

बाहिर भने मध्य दिनमा चरा नै खस्ने गरि टंटलापुरे घाम चर्केको थियो । यहाँ बाट हामी न्यूरोड स्थित भेडासिं चोकमा रहेको एबीसी सेक्युरिटिज (स्टक ब्रोकर नम्बर १७) मा पुग्यौं । यो ब्रोकरमा २÷३ जना लगानीकर्ता घटेको बजार हेर्दै बसेको पाइयो । उनीहरु बजारको अवस्थाका बारेमा छलफल गर्दै थिए । ‘बजार १९६० भन्दा माथि टिक्यो भने त माथि नै जान्छ । होइन भने बजार अझै तल जान सक्छ ।’ तीमध्ये एकले भने । उनले यसो भन्दै गर्दा बजार १९६० बाट तल खस्यो । बजार यहाँबाट तल घट्न थाले पछि ती लगानीकर्ताले बाटो तताए । ब्रोकर हाउसमा भएकै अन्य लगानीकर्ताको मुहार पनि मलिन देखिन्थ्यो ।  

Bizshala
New Office
CG Motors

त्यत्तिकैमा एक लगानीकर्ता मेरो त ब्रोकरलाई हिसाब मिलान गर्न छ भन्दै उठेर सेयर बेच्न कारोबार शाखातर्फ लम्के । ब्रोकर हाउसमा सन्नाटा छाएको थियो । एक लगानीकर्ताले भने धेरै वाणिज्य बैंकको सेयर आइपिओको भाउ मा नै आएको छ है ! साथिहरु । पैसा भए विचार गर्नुहोस ।’ उनलाई जाबाफ दिदैं एक लगानीकर्ताले भने,‘हामी त फुल्ली लोड हो ।’  

केहि समय त्यहाँ व्यतित गरेपछि हामी कमलपोखरीमा रहेको क्रियटिभ सेक्युरिटिज (स्टक ब्रोकर नम्बर ४०)मा पुग्यौं । यो ब्रोकरमा पनि लगानीकर्ताको उपस्थिति लगभग शुन्य जस्तै थियो । हामीले केही समय ब्रोकर सञ्चालकसँग बजारको पछिल्लो अवस्थाका बारे जिज्ञासा राख्यौं । यस ब्रोकरका सञ्चालकले बजार घटेको घट्यै गरेको र आजको बजारले आगामी दिशा तय गर्ने बताए । ‘बजार यदि आज बढेर बन्द भयो भने भोलिबाट बजार माथि जान्छ । होइन भने बजारको अबस्था अनिश्चित छ,’ उनले भने ।  

सँगै बसेका एक लगानीकर्ताले प्रश्न गरे,‘सेयर किन्न कि नकिन्नें ? सेयर त यस्तै घटेको बेला किन्ने हो भन्छन् त ?’ लगानीकर्ताको जवाफमा सञ्चालकले मुख खोले,‘आजको बजार हेरौं न पहिले । बढेर माथि जाने भएछ भने भोलीबाट किनौला नि ।’

ब्रोकर हाउमा यस्तै गल्फति चल्दै थिए । अधिकांश ब्रोकर हाउसमा भेटिएका लगानीकर्तामा बजारको आगामी दिशाबारे अन्यौलताा देखिन्थ्यो । तर बजार आज २ बजे पछि भने एकाएक १२ अंकले सुधार आएर बन्द भयो ।  

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X