Nabil Bank Limited
Nabil Bank Limited
Bizshala

नेपालमै सुरु भयो अन्तर्राष्ट्रिय स्तरको जिम ‘ट्रेनर’ प्रशिक्षण

Global IME Bank Limited
नेपालमै सुरु भयो अन्तर्राष्ट्रिय स्तरको जिम ‘ट्रेनर’ प्रशिक्षण
Nabil Bank Limited

काठमाण्डौ । नेपालमै अन्तर्राष्ट्रिय स्तरको व्यायाम प्रशिक्षक (जिम ट्रेनर) प्रशिक्षण सुरु भएको छ । कमपोखरीस्थित क्लासिक फिटनेश एकेडेमी नेपालले पहिलोपटक अन्तर्राष्ट्रिय स्तरको जिम ट्रेनर प्रशिक्षण सुरु गरेको हो ।

क्लासिकले अमेरिकन काउन्सिल एक्सरसाईज (एसीई)को सम्बन्धनमा जिम ट्रेनर प्रशिक्षण सुरु गरेको हो । एसीईबाट सम्बन्धन लिएर जिम प्रशिक्षक टे«निङ (क्लास) सुरु गरेको क्लासिक फिटनेश एकेडेमीका प्रबन्ध निर्देशक रोजल शाहीले जानकारी दिए ।

नेपालमा प्रशस्त जिम सेन्टरहरु खोलिएका छन् र खोलिने क्रममा छ । तैपनि भनेजस्तो दक्ष जिम ट्रेनर नभएको अवस्थालाई मध्यनजर गर्दै अन्तर्राष्ट्रिय स्तरको जिम ट्रेनर प्रशिक्षण सुरु गरेको प्रबन्ध निर्देशक शाहीको भने ।

‘पछिल्लो समय शारीरिक स्वास्थ्यता र आफूलाई फिट एण्ड राइट राख्नका लागि जिम गर्नेहरुको जमात बढ्दै गएको छ’, निर्देशक शाहीले भने, ‘थुप्रै जिम सेन्टरहरु पनि खुलेका छन् । तर, आवश्यक दक्ष ट्रेनरहरु पाउने अवस्था छैन । त्यसैले अन्तराष्ट्रिय स्तरको जिम ट्रेनर उत्पादन गर्ने हाम्रो लक्ष्य हो ।’

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

अन्तर्राष्ट्रिय स्तरको जिम ट्रेनरको सर्टिफिकेट प्राप्त गरेपछि जिम तथा फिटनेश सेन्टरहरुमा आकर्षक रोजगारी पाउने क्लासिक एकेडेमीको विश्वास छ । निर्देशक शाहीले भने, ‘जिम ट्रेनर प्रशिक्षण जिम सेन्टरमा पनि रोजगारी सिर्जना गर्न सकिन्छ भन्ने अर्को उद्देश्य पनि हो ।’

जिम ट्रेनर प्रशिक्षकले एसीईलगायत पाँच किसिमका अन्तर्राष्ट्रिय स्तरको प्रमाणपत्र पाउनेछन् । ईआरईपीएस फिटनेशका लागि युरोपभरी मान्यता प्राप्त छ । अन्य सर्टिफिकेटहरु पनि भारत, अमेरिकालगायतमा मान्यता प्राप्त हुनेछन् । अहिलेपनि जिम ट्रेनरको क्लास भइरहेपनि औपचारिकरुपमा भने बैशाख १७ गतेदेखि सुरु हुने बताइएको छ ।


Nepal Investment Mega Bank Limited
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
IME remit

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.