Nabil Bank Limited
Nabil Bank Limited
Bizshala

वार्षिक औषत १६% लाभांश दिएको गरिमा विकास बैंकको आगामी यात्रा कस्तो ?

Global IME Bank Limited
वार्षिक औषत १६% लाभांश दिएको गरिमा विकास बैंकको आगामी यात्रा कस्तो ?
Nabil Bank Limited

काठमाण्डौ । गरिमा विकास बैंक नेपालका १६ वटा विकास बैंकहरु मध्यको एक राष्ट्रिय स्तरको विकास बैंक हो । यो बैंक वि. सं २०६४ सालमा स्याङजा , पाल्पा र कास्की जिल्लालाई आधार बनाएर स्थापना भएको थियो । हाल उपत्यकामा २२ वटा शाखा सहित यो बैंकका  देशभर १२३ वटा शाखा रहेका छन् । साथै ५१ वटा एटीएम र एउटा एक्सटेन्स काउण्टर पनि रहेको छ ।  

आधारभूत पक्षः  

यस आर्थिक वर्षको तेस्रो त्रैमासिक प्रतिबेदन अनुसार यो बैंकको चुक्तापूँजी ५ अर्ब ६८ करोड ५ लाखबराबर रहेको छ । बैंकको रिटेन्ड अर्निङ १ अर्ब २१ करोड रुपैयाँ रहेको छ ।  

त्यसैगरि, बैंकको जगेडा कोषमा २ अर्व ६५ करोड ५८ लाख रुपैयाँ रहेको छ । बैंकको कुल पूँजी ८ अर्ब ४३ करोड रुपैयाँ रहेको छ । तेस्रो त्रैमासिक प्रतिबेदन अनुसार बैंकको खुद मुनाफा ६८ करोड ३४ लाख रुपैयाँ रहेकोमा वित्तरणयोग्य मुनाफा भने १० करोड २१ लाख रुपैयाँ मात्रै रहेको छ । बैंकको बुक भ्यालु १४८.५५ रुपैयाँ रहेको छ । बैंकको खराव कर्जा अनुपात २.९७ प्रतिशत रहेको छ ।  

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

प्राविधिक पक्षः  

इलिअट वेभ

इलिअट वेभमा माथि लाग्ने ५ वेभमा पनि ३ वटा बढोत्तरीका र २ वटा सुधारका संकेत देख्न सकिन्छ । यसमा १, ३, ५ बढोत्तरीको हुन्छ भने २ र ४ भने करेक्सनको हुन्छ । वेभ ५ को करेक्सन वेभ ‘ए’ हो । वेभ ‘ए’, ‘बी’, ‘सी’ले मूल्य तथा सूचक तल जाने संकेत गर्छ ।

यस बैंकको करिब २ बर्ष सम्म चलेको सेयर मूल्यको चक्रलाई न्यून मुल्यबाट इलिअट वेभमार्फत नियाल्दा वेभ १ मा  २६० देखि ३६० सम्म चलेको देखिन्छ ।  

त्यसैगरि, वेभ २ मा करेक्सन भएर २८६ सम्म , वेभ ३ मा बढोत्तरीका साथ ३८० रुपैयाँ सम्म , वेभ ४ मा करेक्सन भएर ३२८ रुपैयाँ सम्म र वेभ ५ मा ४१० रुपैयाँ सम्म पुगेको देखिन्छ । त्यस पछि एबीसी करेक्सन हुँदै बैंकको सेयरमूल्य हाल प्रतिकित्ता ३६० रुपैयाँसम्म आएको देखिन्छ । यस आधारमा यो कम्पनीको सेयर भाउ केही समय यही मूल्यमा चलेर माथिको यात्रा तय गर्न सक्ने देखिन्छ ।  

फियर एण्ड ग्रिड मिटर

फियर एण्ड ग्रिड मिटरको आधारमा यो बैंकको सेयरमूल्य हाल २५ को तहमा वियरिस सेन्टिमेन्टमा चलेको छ । यो भनेको यो बैंकको लगानीकर्ता डराएको भन्ने हो । बैंकको ५२ साताको उच्च मूल्य ४२४ रुपैयाँ रहेको छ । न्यून मूल्य ३४० रुपैयाँ रहेको छ भने हाल दोस्रो बजारमा अन्तिम मूल्य ३५७ रुपैयाँ रहेको छ । बैंकमा ५१ प्रतिशत सेयर संस्थापक समूह र ४९ प्रतिशत सेयर सर्वसाधारण समूहको छ । बैंकको १० वर्षको औषत लाभांशदर १६ प्रतिशत छ ।  

बोलिङगर ब्याण्ड , म्याक्डी र आरएसआई  

बोलिङगर ब्याण्डको आधारमा यो बैंकको मूल्य रेखा हाल तल्लो ब्याण्डमा चलेको छ । यसले बैंकको सेयर मूल्यमा बिक्री दबाब परेको देखिन्छ ।  

त्यसैगरि, म्याक्डीमा वियरिस क्रसओभर बनेको छ । हिस्टोग्राम लामालामा हुँदै गएका छन् । आरएसआई हाल ४१ को तहमा चलेको छ । समग्रमा ३ वटै इन्डिकेटरबाट हेर्दा यस बैंकमा पनि बिक्री दबाब चलेको र केही समय अझै चल्न सक्ने देखिन्छ ।  

पिभट विश्लेषणमा सेयर तथा डेरिभेटिभको अधिकतम, न्यूनतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उतारचढाव निकालिन्छ ।  

बढेमा प्रतिरोध  

प्रतिरोध ३ –३८१

प्रतिरोध २ –३७६

प्रतिरोध १– ३६८

पिभट प्वइन्टः ३६३

घटेमा सपोर्ट  

सपोर्ट १– ३५५

सपोर्ट २– ३५०

सपोर्ट  ३ –३४२

निष्कर्षः आधारभूत रुपमा यो बैंकलाई नियाल्दा पछिल्लो वर्षमा रिर्टन अन इक्विटी १०.६८ प्रतिशत , र प्रतिसेयर आम्दानी ५.६३ प्रतिशतले घटेको देखिन्छ ।  बुक भ्यालुमा सामान्य प्रगति देखिन्छ भने खूद मूनाफामा पनि ४.८५ प्रतिशत बढोत्तरी आएको छ । खराब कर्जा सामान्य बढेको छ ।

त्यस्तै, वित्तरण योग्य मूनाफामा ४५ प्रतिशतले गिरावट आएको देखिन्छ । प्राविधिक रुपमा इलिअट वेभमा एबीसी करेक्सन चल्दै गरेको देखिन्छ । यद्यपी सेयरको मूल्य भने ३५० रुपैयाँ आसपास चल्न सक्ने देखिन्छ ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ, यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।  


Nepal Investment Mega Bank Limited
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
IME remit

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.