Nabil Bank Limited
Nabil Bank Limited
Global IME Bank Limited

गभर्नरलाई लफडामा फसाइरहने को हो ? राष्ट्रबैंकमा पुग्यो चकित पार्ने यस्तो सूचना

Hyundai Nepal
गभर्नरलाई लफडामा फसाइरहने को हो ? राष्ट्रबैंकमा पुग्यो चकित पार्ने यस्तो सूचना
Nabil Bank Limited

काठमाण्डौ । नेपाल राष्ट्रबैंकका गभर्नर महाप्रसाद अधिकारीको शैक्षिक योग्यताको विषयमा बेला–बेला प्रश्न उठ्ने गर्छ ।  

राष्ट्रबैंकको ऐनमा तोकिएअनुसार उनको शैक्षिक योग्यता नभएको भन्दै पटक–पटक उनलाई पदबाट हटाउनुपर्ने दाबीसहित अदालतमा रिट दायर हुने गरेको छ ।  

बेला–बेला यो विषयलाई कोट्याएर रिट दायर भए पनि आवेदकको मागदाबीलाई अदालतले खारेज गर्दै आएको छ । 

Shivam Cement
Sagarmatha Cement

 

शैक्षिक योग्यताबाहेक पनि गभर्नर अधिकारीलाई पटक–पटक विभिन्न विवादमा तान्ने काम गर्ने गरिएको छ । कहिले सेयर लगानीकर्ताको नाममा त कहिले सरकारवादी दल वा कार्यकर्ताको नाममा समेत उनीविरुद्ध सामाजिक सञ्जालहरुमा प्रहारहरु हुँदै आएका छन् ।  

नीतिगत स्थायीत्व हुनुपर्छ भन्ने पक्षमा अडिग गभर्नर अधिकारी कतिपय विषयमा चिप्लिएका पनि छन् । अर्थतन्त्र सुधारका लागि सरकारले बनाउने बजेट, नीति तथा कार्यक्रमलाई सपोर्ट हुने गरी सन्तुलित मौद्रिक नीति ल्याउनुपर्ने र त्यसको इमानदारितापूर्वक कार्यान्वयन गर्नुपर्ने भूमिकामा रहेका उनका कतिपय कामको चर्को आलोचना हुने गरेको छ ।  

पछिल्लो समय सेयर लगानीकर्ताको टार्गेटमा परेका उनले जब सेयर धितो कर्जाको सीमा र जोखिमभारमा लचक नीति बनाउँदै गए, त्यसपछि त्यो वर्गको विरोध कम भएको छ । सेयर लगानीकर्ताहरुले सत्तोसराप गर्न कम गरेकै बेला पछिल्लोपटक फेरि उनको शैक्षिक योग्यताको विषय ब्यूँतियो र पुनः बहस सुरु भयो ।  

यसरी गभर्नर अधिकारीलाई पटक–पटक अप्ठ्यारो पार्ने पात्र वा समूह को होला त ? राष्ट्रबैंकका उच्च अधिकारीहरुसमक्ष केही समयअघि एउटा महत्वपूर्ण सूचना पुग्यो ।  

केन्द्रीय बैंक उच्च स्रोतका अनुसार गभर्नर अधिकारीलाई यो वा त्यो बाहानामा दुःख दिने र सकेसम्म बेलैमा पदबाट हटाउन सकिन्छ कि भनेर अभियान नै बनाएर लाग्ने दुई पात्रको विषयमा खबर पुगेको छ । को को हुन् त उनीहरु ? स्रोत भन्छ–‘नाम सुन्दा पत्याउनु कि नपत्याउनु जस्तो भएको छ । एउटा नाम हो चिन्तामणि शिवाकोटी र अर्को हो विश्व पौडेल ।’  

शिवाकोटी राष्ट्रबैंकका पूर्व डेपुटी गभर्नर हुन् । महाप्रसाद अधिकारीसँगै गभर्नर हुने सूचीमा उनको नाम पनि समावेश थियो । आफूलाई केपी ओलीको खास विश्वासपात्र ठान्ने शिवाकोटी नै गभर्नर हुने धेरैको अड्कलबाजी थियो । तर, डा. युवराज खतिवडाले आफ्ना प्रिय महाप्रसाद अधिकारीलाई गभर्नर बनाइछाडे ।  

महाप्रसादसँग खासै राम्रो सम्बन्ध नरहेका शिवाकोटीले गभर्नरको रेसमा हार्नुपर्यो । त्यसपछिदेखि नै महाप्रसाद अधिकारीले गभर्नरको रुपमा लिएका नीतिको उनी कटु आलोचक बन्दै आएका छन् । रमाइलो कुरा के छ भने गभर्नरको कटु आलोचना गर्दै आएका शिवाकोटी पछिल्लो समय आफैं राष्ट्रबैंकको सञ्चालक बनेर काम गरिरहेका छन् । गभर्नर अधिकारीले राष्ट्रबैंकको सञ्चालक समितिमा एउटा विषय पेश गरेर नीति कार्यान्वयन गर्दा वा निर्देशन दिंदा चाहिँ बिल्कुलै भिन्न विषय ल्याउने गरेको भन्दै शिवाकोटीले सार्वजनिक रुपमै आलोचना गर्ने गरेका छन् । उनै शिवाकोटी गभर्नरविरुद्ध मोर्चाबन्दी कसेर लागेको सूचना राष्ट्रबैंक पुगेको हो ।  

पछिल्लो समय गभर्नर अधिकारीविरुद्धको अभियानमा अर्थशास्त्री डा. विश्व पौडेल पनि जोडिएका भन्दै सूचना पुगेको स्रोतको दाबी छ । डा. विश्व पौडेल पनि आगामी गभर्नरको रेसमा छन् । अधिकारीको कार्यकाल १४ महिना मात्र बाँकी रहेको अवस्थामा विभिन्न आकांक्षीहरुले बेलैदेखि दौड सुरु गरेका छन् । यो क्रममा डा. पौडेलको डिजाइनमै अदालतमा मुद्दा दायर गरिएको स्रोतको दाबी छ ।  

तर, राष्ट्रबैंकसम्म पुगेको भनिएको गोप्य यो सूचना र त्यसमा लगाइएको आरोपको विषयमा शिवाकोटी र पौडेलले खण्डन गरेका छन् ।  

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
CG Motors
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.